
पोखरा(खेलाडी न्युज)-‘प्रदेश सरकारले पुर्वाधार बनाउँछ । कुन पुर्वाधारको आवश्यकता कहाँ हो । योजना बनाउने जिम्मेवारी तपाईहरुको हो ।’ गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार भने–‘अन्तराष्ट्रिय मापदण्डलाई मिट गर्ने पुर्वाधार हामीसँगै छैन् । त्यसैले योजना बनाउनोस , पुर्वाधार हामी बनाउँछौ ।’
अखिल नेपाल फुटबल संघ(एन्फा)को कार्यनीति, ग्रासरुट, विधान र नियमावलीको प्रदेशस्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले पुर्वाधारको लागि सम्भाव्य अध्ययन भइरहेको समेत बताए । विधी विधान र पद्धति अनुसार निर्माण गर्नुपर्नेमा जोड दिदैं उनले पद्धति राम्रो भएपनि व्यक्ति हावी भएको ठाउँमा परिणाम दिन नसकिने प्रष्ट पारे । मुख्य मन्त्री गुरुङले मुलुकको अन्तराष्ट्रिय पहिचान केवल खेलकुदबाट मात्रै हुने हुदाँ खेलकुदको विकासको लागि प्रदेश सरकारले सम्बन्धीत संघसंस्थासँग सहकार्य गर्ने प्रतिबद्धता गरे ।
उमेर समूहमा जित्छौं तर बीस वर्ष पुरा गरेपछि नेपाली खेलकुद ओरालो लाग्छ भन्दै मुख्य मन्त्री गुरुङले कारण के हो त्यो खोज्न ध्यान दिन आग्रह समेत गरेका छन् । खेलाडीको भविष्यको सुनिश्चितता नदेखिदाँ विदेश पलायन हुने वा नियमित टे«निङ र गतिविधि नहुने अवस्थाले पनि खेलकुदको स्तर तल खस्किदैं गएको उनले जिकिर गरे । प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रत्येक स्थानीय तहमा फुटबल ग्राउण्ड बनाउने लक्ष्य लिएको जानकारी गराए । मुख्य मन्त्री गुरुङले मुस्ताङमा फुटबल मैदान र मनाङको तिमाङमा फुटबल मैदानसहित आवश्यक भौतिक पुर्वाधार तयार गर्ने लक्ष्य प्रदेश सरकारले लिएको सुनाए ।
प्रदेश सदस्य राजीव पहारीले फुटबलमा नविनतम ल्याउने बातावरण बनाउनुपर्ने भन्दै खेलकुदलाई अब पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिए । उनले खेलकुद मैदान बनाउन योग्य खाली जमिनलाई प्रदेश सरकरको स्वामित्वमा ल्याउनुपर्ने स्पष्ट पारे । पोखराको रत्नमन्दिर चौरमा खेलकुद प्रतियोगिता सञ्चालन गर्दा तोक आदेश लिनुपर्ने तर्फ इंकित गर्दै सदस्य पहारीले त्यस्ता खाली मैदानलाई प्रदेश सरकारको मातहतमा ल्याई खेलकुद पुर्वाधार बनाउने तर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।
अखिल नेपाल फुटबल संघ(एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले बन्द सत्रमा फुटबलको विकास बारे कार्यपत्र प्रस्तुत गर्दै नेपाली फुटबलको पूर्ण विकासको लागि उद्देश्यसँगै योजनाबद्ध रुपमा काम शुरु गरिएको बताए । उनले संघर्षको यात्रासँगै फुटबलको संक्रमणकालिन अवस्था अन्त्य हुदैं गएको भन्दै साउन ३० गते नेपाली फुटबलले ‘गोल्डेन एरा’ तर्फ अग्रसर हुने स्पष्ट पारे ।
उनले नेपाली फुटबललाई स्वर्णियम युग तर्फ लम्काउन पाँच कुरालाई विशेष ध्यान राखेका छन् । सुशासन, भौतिक पुर्वाधार, प्रतियोगिता, तालिम र क्षमता अभिबृद्धिलाई विशेष महत्व दिएको छ । फुटबल संघले यी पाँच कुरालाई प्रत्येक बुदाँलाई फेरी पाँचवटा उपबुदाँ बनाई गहिरिएर अध्ययन गरी निष्कर्ष निकाल्न तल्लिन देखिएको छ । उनले फुटबलको विकासको लागि उल्लेखित पाँचै कुरा आवश्यक पर्ने बताए । फुटबल संघको अध्यक्ष र उपाध्यक्ष, महासचिव बसेर खेलाडी छनोट गर्दैमा उत्कृष्ठ टिम बन्न नसक्ने दावी गरे ।
उनले सातै प्रदेशमा १४ वटा टेक्निकल सेन्टर स्थापना गर्ने लक्ष्य राखिएको भन्दै एन्फाले रौतहटमा महिलाहरुको लागि टेक्निकल सेन्टर स्थापना गर्न आवश्यक सम्पूर्ण तयारी पुरा भईसकेको जानकारी दिए । फुटबलको लागि ग्रासरुट कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजानुपर्ने भन्दै आगामी भदौदेखि खेलाडीको अनलाईन मार्फत दर्ता प्रक्रियाँ थालिने जानकारी दिए । भौतिक पुर्वाधारसँगै राष्ट्रिय लिग, ग्रासरुट फुटबल, युथ फुटबल, राष्ट्रिय नकाउट फुटबल प्रतियोगिता र अन्तर्राष्ट्रिय सहभागिताले नेपाली फुटबल कायापलट हुने विश्वास व्यक्त गरे । उनले यो वर्षमात्रै नेपाली महिला तथा पुरुष राष्ट्रिय टोलीले ८ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने जानकारी गराए ।
कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले ग्रासरुट फुटबल सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । एन्फामा २२ वर्षदेखि प्रशासन सम्हालिरहेका गोकुल थापाले एन्फाको प्रशासनिक सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले एन्फाको हरेक गतिविधिलाई फिफाले नियालिरहेको हुदाँ कामको फरफारक गर्न दुरुस्तै हुनुपर्नेमा जोड दिए । जिल्ला संघहरुले पठाएको विललाई अडिट गर्न फिफा र एफसीकै कर्मचारी आउने हुदाँ फरफारक गर्दा हिसाब किताब दुरुस्तै बनाउन समेत आग्रह गरे ।
कार्यक्रममा प्रदेश सदस्य दिपक कोईराला, मनबहादुर गुरुङ, विन्दुकुमार थापा, रामजी बराल तथा मोहन रेग्मी लगायतले खेलकुदको पुर्वाधार विकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए । सरकारसँगै निजी क्षेत्रले पनि पहलकदमी गर्नुपर्नेमा औल्याए । अन्तरक्रियामा गण्डकी प्रदेश अन्तर्गतका कास्की, तनहुँ, लमजुङ, स्याङजा, गोरखा, बाग्लुङ जिल्ला फुटबल संघका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन कास्की जिल्ला फुटबल संघले गरेको थियो । कार्यक्रममा लामो समय फुटबल प्रशिक्षण गराउँदै आएका फुटबल प्रशिक्षकद्वय खेम गुरुङ र शम्भु केसीलाई सम्मान गरिएको थियो । तस्बिर उमेश पुन


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…