
पोखरा(खेलाडी न्युज)-हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडल गल्फको उपाधि हेमन्त गुरुङले जितेका छन् । ग्रोस डिभिजन तर्फको प्रतिस्पर्धामा भने मेजर लक्ष्मीप्रसाद गुरुङले जिते । हेमन्त गुरुङको गल्फ कोर्षमा जितेको यो दोस्रो हो ।
गुरुङले क्या.महेन्द्र फगामीलाई काउन्ट ब्याकमा पराजित गर्दै उपाधि जितेका हुन् । समान ३१ अंक जोडेपनि हेमन्तसँग काउन्ट ब्याकमा पछि परेका फगामी दोस्रोस्थानमा चिक्त बुझाए । ग्रोस तर्फ मेजर गुरुङले क्या. लालबहादुर गुरुङलाई १ अंकले पछि पार्दै उपाधि जितेका हुन् । क्या. लालबहादुर २० अंकसहित दोस्रोस्थानमा चित्त बुझाए ।
प्रतियोगिताको लङगेष्ट ड्राईभको पुरस्कार भने बलराम थापाले जितेका थिए । प्रतियोगिता स्टेबल फोर्डको आधारमा खेलाईएको थियो । १८ होलको हिमालयन गल्फ कोर्षमा ७२ पारमा खेलिएको थियो । प्रतियोगितामा विजेता गल्फरलाई सिनियर मेजर विजय मोक्तानले ट्रफी प्रदन गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…