‘एनएफबीएफ प्रथम मिष्टर पोखरा’ को प्रि–जज

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     श्रावण १८ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-तीन महिनादेखि कडा परिश्रम गरिरहेको प्रदेश ४ र ५ का शारीरिक सुगठन खेलका खेलाडीहरु एनएफबीएफ फष्ट मिष्टर पोखरा बन्ने धुनमा पोखराको सभागृह हलमा प्रि–जजिङमा भिडेका छन् । प्रत्येक तौलबाट ५ जना खेलाडी छनोट गरिएको छ । प्रत्येक तौल समूहबाट ५ जनाले शनिबार हुने फाईनल प्रतियोगितामा आफनो उपस्थिति जनाउँदै स्टेजमा बलिष्ठ शरीर देखाउने छन् ।

विभिन्न छ वटा तौल समूहका ३० जना खेलाडीले एनएफबीफ प्रथम मिष्टर पोखरा बन्ने अन्तिम प्रतिस्पर्धा गर्ने छन् । छनोट भएका खेलाडीले आफनो तौलमा तौल समूह विजेता बन्नको लागि शनिबार फाईनल प्रतिस्पर्धामा उत्रिने छन् । तौल समूहमा प्रथम हुनेले मिष्टर पोखरा टाईटलको लागि योग्य हुदैं फेरी एकपटक स्टेजमा आफुलाई उभ्याउने छन् ।

टाईटलमै विवाद भएपछि नेप्लिज फेडेरेशन अफ बडि बिल्डिङ एण्ड फिटनेस(एनएफबीएफ) को कास्की शाखा कास्की बडि बिल्डिङ तथा फिटनेस संघले प्रतियोगिताको नाम नै एनएफबीएफ फष्ट मिष्टर पोखरा राखेको हो । फष्ट मिष्टर पोखराको लागि कास्की, तनहुँ, स्याङजा र रुपन्देहीका ५७ जना खेलाडीले विभिन्न तौल समूहमा भिड्दै छन् ।

एशोसियसनका अध्यक्ष राजुकुमार थापाका अनुसार ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रत्येक तौल समूहको विजेताले ओभरअलमा प्रतिस्पर्धा गर्ने पाउने छन् । ओभरअल प्रतिस्पर्धाका विजेताले टाईटलसहित नगद ५० हजार पुरस्कार थाप्ने छन । गण्डकी प्रदेश घोषणासँगै यो प्रतियोगिता पहिलो हो । गण्डकी प्रदेश र प्रदेश नम्बर ५ लाई लक्षित गर्दै आयोजित शारीरिक सुगठन प्रतियोगिता पहिलो हो ।

प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीले नगद १० हजार पाउने छन् । समूहमा दोस्रो हुनेले नगद ७ हजार र समूहगत तेस्रो हुने खेलाडीको भागमा भने नगद ५ हजार रुपैयाँ पर्ने छ । प्रतियोगिता गण्डकी प्रदेश र प्रदेश नं ५ का खेलाडीहरुले सहभागिताा रहेको एशोसियनले जनाएको छ । एशोसियसनले खेलाडीलाई लक्षित गर्दै निशुल्क पोजिङ प्रशिक्षण समेत गराइएको थियो । जिल्ला खेलकुद विकास समितिका शारीरिक सुगठनका सहायक प्रशिक्षक जीवन घिमिरेले पोजिङको प्रशिक्षण गराउँदै आएका थिए । तस्बिर सौजन्य एनके कृष्ण श्रेष्ठ