
पोखरा(खेलाडी न्युज)-अन्तिम ओभर जितको लागि ६ रन चाहिएको थियो । बलिङमा कप्तान पारस खड्का आए । चौथो बलसम्म उनले एक एक रन दिए । अन्तिम एक बल बाँकी हुदाँ नेदरल्याण्डलाई जितको लागि दुई रनको खाँचो थियो । तर कप्तान पारस खड्काले रन आउट बनाउँदै अन्तर्राष्ट्रिय एक दिवसिय खेलमा नेदरल्याण्डमाथि एक रनको रोमाञ्चक जित निकाल्दै दुई खेलको श्रृखंला १–१ को बराबरीमा ल्याए । भावपुर्ण श्रद्धान्जली । दोस्रोे खेल जित्नै पर्ने दबाव रहेको नेपालले अघिल्लो दिनको तुलनामा निकै सुधारिएको व्याटिङ देखायो ।
आठौं नम्बरमा गएका नेपाली व्याट्सम्यान सोमपाल कामीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बटुल्ने खेलाडीको इतिहास कोर्दा कप्तान पारस खड्काको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक हानेपछि नेपालले नेदरल्याण्डलाई २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । सोमपालले ६१ रनको इनिङ्स खेलेपछि नेपालको सम्मानजनक स्कोर तयार हुन पुग्यो । कामीले ४६ बल खेल्दै विष्फोटक व्याटिङ गरेपछि ५ चौका र ३ छक्का निस्कदै नेपालले दुईसय रनको आकडालाई पार गरेको थियो ।
कप्तान खड्काले अर्धशतक पुरा गर्ने क्रममा ५१ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६९ बल खेल्दै ६ चौका र २ छक्का हिर्काए । सुवास खकुरेल र दिपेन्दैसिंह ऐरीले समान १९÷१९ रन बनाए । आरिफ शेखको नाममा केवल १६ रन खातामा देखियो । २१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड अन्तिम बलमा आईपुग्दा अभागी सिद्ध भयो । कप्तान पारस खड्काले एफजे क्लासेनलाई रन आउट बनाएपछि नेपार्ल ले रोमाञ्चक जित आत्मसात गर्न पुग्यो । डब्लु वारेसीले ७१ रनको पारी खेल्दै नेदरल्याण्डलाई उकासे । ओपनर डीजे टेरब्राकले ३९ रन बनाए । उनलाई दोस्रो विकेटको लागि बीएन कुपरले १९ रन बनाउँदै साथ दिएका थिए ।
नेपाली बलर सन्दीप लामिछानेले तीन विकेट लिदाँ ललितसिंह भण्डारीले २ र बाँकी सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच सोमपाल कामी घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…