
पोखरा(खेलाडी न्युज)-मोफसलमै सर्वाधिक चर्चित फुटबल प्रतियोगिता आहा गोल्डकपको चौथो संस्करणको उपाधि अफ्रिकन युनाईटेडले उचाल्यो । शहीद स्मारक राष्ट्रिय ए डिभिजन लिग खेल्न विभिन्न क्लबमा भित्रिएका अफ्रिकन खेलाडी पहिलो पटक युनाईटेड भएर पोखराको फुटबल मैदानमा उत्रिएनन मात्रै उपाधि समेत बोकेर फर्किए ।
अफ्रिकन युनाईटेडले उपाधि जितेको पनि १२ वर्ष नाघेको छ । त्यति मात्रै होईन शही स्मारक ए डिभिजन लिग जित्दा प्रमुख खेलाडी नै अफ्रिकन बन्दै आएका छन् । जसले नेपाली खेलाडीलाई विस्तारै विस्थापित गर्दै गएको संकेत गरेको छ । क्लबको भरोसा नै अफ्रिकन खेलाडीमाथि हुदैं आएको छ । त्यसले गर्दा नयाँ अफ्रिकन खेलाडी भित्रिने चाँजो पाँजो मिलाउन क्लब आफैं सक्रिय बन्दै आएका छन् ।
लिग बाहेक मोफसलमा आयोजना हुने नकाउट फुटबल प्रतियोगितामा क्लबको पहिलो रोजाईमा अफ्रिकन खेलाडी नै पर्छन् । सहारा क्लबले १२ औं सस्करणको आहा राराको उपाधि उचाल्दा तीन अफ्रिकन खेलाडी थिए । दुई डिफेन्स र एक मिडफिल्डमा खेलेर उपाधि सहाराले जित्दा त्यसको जस पनि अफ्रिकन खेलाडीकै काँधमा थियो । त्यसको तीन वर्षपछि भने सहारा क्लबले कुनैपनि क्लबलाई अफ्रिकन खेलाडीलाई उपस्थित गराउन निकै कडाई गर्यो् ।
कारण थियो श्रम स्वीकृति । श्रम स्वीकृति नभएका अफ्रिकन खेलाडीलाई सहारा क्लबले १५ औ र १६ औ सस्करणमा कुनै पनि क्लबबाट सहभागिताको लागि स्वीकृति दिएन् । स्वीकृति लिएका खेलाडीले मात्रै मैदान उत्रिने अवसर पाए । ‘श्रम स्वीकृति नभएका अफ्रिकन खेलाडीलाई गोल्डकपमा कुनैपनि क्लबबाट उपस्थिति गराईन् ।’ सहारा क्लबका निर्वतमान अध्यक्ष बीरभद्र आचार्यले भने–‘श्रम स्वीकृति ल्याएका खेलाडीलाई मात्रै खेल्ने अवसर दियौं । अफ्रिकन खेलाडीको स्वीकृति नल्याई नखेलाउने निर्णयले क्लबले नै फिर्ता हुनेसम्म निर्णय सुनाएका थिए ।’
मोसफलको शहरमाा आयोजना हुने नकाउट फुटबल प्रतियोगितामा सहारा क्लबले मात्रै श्रम स्वीकृति नभएका अफ्रिकन खेलाडीलाई क्लबको जर्सीमा मैदान उत्रनबाट रोक लगाएको थियो । पछिल्लो समय फेरी अफ्रिकन खेलाडीको विषयमा बहस शुरु भएको छ । क्लबहरुमा अफ्रिकन खेलाडीको सहभागिताले अन्य खेलाडीहरुले स्थान बनाउने अवस्था नै नदेखिदाँ खेलाडी नै पलायन हुने खतरा पनि देखिएको छ ।
एकदशक अघि ए डिभिजन खेल्ने क्लबले मात्रै अफ्रिकन खेलाडीलाई अनुबन्धीत गर्थे । तर पछिल्लो समयमा मोफसलका क्लबले पनि अफ्रिकन खेलाडीलाई आफनो क्लब जर्सीमा उतार्न थालेपछि अफ्रिकन खेलाडीको गन्तव्य नै नेपाली फुटबल क्षेत्र हुन पुग्यो । अफ्रिकन खेलाडी सिधै नेपाल प्रवेश गरेका भने होईनन् । उनीहरुलाई विभिन्न एजेण्ट मार्फत नेपाल भित्रिदै फुटबलमा छिरेका हुन् ।
सन् २००५ तिरको कुरा हो, ब्वाइज युनियन क्लबले अफ्रिकन खेलाडीलाई टिममा राखेर खेलाएपछि अरु टिमले पनि त्यसको सिको गर्न थाले ।। शारीरिक रुपमा बलिया र राम्रो खेलका कारण उनीहरु नेपाली खेलाडी भन्दा भन्दा भिन्न देखिन्थे । उनीहरु खेलशैलीले क्लबहरुमा राम्रै प्रभाव पर्न थाल्यो । त्यसपछि नेपाली फुटबल क्लबमा अफ्रिकन खेलाडी भित्रयाउने लहर नै चल्यो । लिग जित्न होस या मोसफलका ठूला नकाउट फुटबल प्रतियोगितामा समेत क्लबले उनीहरुलाई उतार्दै फुटबलमा आफनो अस्थित्व जमाउन थाले । यसैले २००९ पछि त नेपालका हरेकजसो टिममा एक न एक अफ्रिकन खेलाडी राख्ने चलन जस्तै बन्यो ।
उनीहरु कसरी आइपुगे ?
प्रायःजसो उनीहरु अफ्रिकामा रहेका एजेन्टमार्फत नेपाल आइपुग्छन् । तिनै एजेन्टले नेपालका क्लबसँग कुराकानी गर्छन् । कतिपय अवस्थामा मैत्रीपूर्ण खेल आयोजना गरेर उनीहरु यहाँ आइपुग्छन् । भिक्टर पनि एजेन्टमार्फत फुटबल खेल्न पाइने आशमा नेपालमा आएका थिए । ‘अफ्रिकामामा रहेका हाम्रा एजेन्टले यहाँ जावलाखेल युथ क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने वातावरण मिलाएका थिए र हामी आयौं’ भिक्टरले भने ।
नेपाली क्लबहरुमा अफ्रिकन खेलाडी राख्ने चलन सुरु भइसकेकाले हाम्रो खेल हेर्न सबैजसो क्लबमा प्रशिक्षक आएका थिए । मलाई अहिलेसम्म याद छ, थ्री स्टार क्लबमा प्रशिक्षक अन्जन केसी पनि आएका थिए । उनले मेरो खेल मन पराए । त्यसपछि म थ्री स्टार क्लबको खेलाडी भएँ भिक्टरले भने । केही महिनाअघि अंग्रेजी पत्रिका गार्जियनले भनेजस्तो सबै अफ्रिकन खेलाडीलाई नेपालमा झुक्याएर ल्याइने भने होइन । गार्जियनले प्रिमियर लिग खेल्ने बाटोको रुपमा झुक्याएर अफ्रिकन खेलाडी नेपाल आइपुग्ने गरेको र उनीहरुको सपना टुटेको खबर छापेको थियो ।
भिक्टर भने सबैलाई एकै तरिकाले हेर्न नमिल्ने बताउँछन् । ‘त्यहाँ भनिएजस्तो गरी जो नेपाल आएका छन्, उनीहरु जुनसुकै देश पनि पुग्न सक्थे, किनकि उनीहरुमा देश छाड्ने भूत सवार भएको हुन्छ’ भिक्टरले भने, ‘यहाँ मैले भेटका अफ्रिकन खेलाडीहरु फुटबलकै लागि भनेर आएका हुन् ।’ कतिपय त नेपालमा लिग फुटबल केही वर्षदेखि भएको छैन भन्ने जान्दाजान्दै पनि आएको भेटिएको छ । उनीहरु मध्येका एक हुन्, २२ वर्षका फ्लोरेन्ट लार्भा कोने । जो आइभेरीकोस्टबाट २०१५ मा नेपाल आएका हुन् । जतिबेला लिग फुटबल नै थिएन ।
तर, उनलाई एजेन्टले झुक्याएर नेपाल ल्याएको पनि होइन । सोचविचार गरेर र नेपाल आएका साथीहरुसँग कुराकानी गरेर उनी काठमाडौं आएका हुन् । काठमाडौं आएपछि उनलाई भिक्टरलाई जस्तो सजिलो भएन । किनभने लिग फुटबल नेपालमा ठप्प थियो । क्लबहरु खेलमा व्यस्त हुने र बाहिरी खेलाडीलाई आबद्ध गर्न सक्ने अवस्थामा रहेको भए उनको पनि ट्रायल हुन्थ्यो र खेल मन परे काम गर्न पाउने इजाजत पत्र दिएर नेपालमा खेलाइन्थ्यो ।
किन आउँछन् त नेपाल ?
भिक्टरलाई भारतमा खेलिने फुटबलको स्तरभन्दा नेपालकै स्तर राम्रो लाग्छ । उत्कृष्ट फुटबलका लागि आएका उनीहरु नेपालमा खेलिने शैलीसँग भने भारतको तुलनामा सन्तुष्ट छन् ।एजेन्टहरुका अनुसार कतिपय खेलाडी भारतमा लिग खेल्नका लागि आउँछन् र त्यहाँ अवसर नपाएपछि नेपाल पस्छन् ।
उनीहरु नेपाल आउने एउटै कारण भनेको फुटबल नै हो । फुटबल खेल्ने र अझै खारिने सोचमा नै उनीहरु आउँछन्,’ नेपालमा रहेका एजेन्ट सुगन तन्डुकारले भने । जो आफू सोचेर नभइ भैपरी आउँदा एजेन्ट बनेको बताउँछन् । उनकै भनाइअनुसार कुनै समय नेपाली क्लब प्रशिक्षकलाई अफ्रिकन खेलाडीको कुरा दोभासेको काम गर्दै जाँदा उनी एजेन्ट बने ।
अफ्रिकामा रहेका धेरै ठाउँ दैनिक जीवनयापनकै लागि राम्रो छैन । यसैले फुटबल जानेकाहरु बाहिर देशमा खेल्न पाउने आशमा आफ्नो देश छाड्न व्यग्र हुन्छन् । ‘नेपाली खेलाडीहरु जस्तै उनीहरुको पनि पहिलो सोच त युरोपमा गएर फुटबल खेल्ने नै हुन्छ । तर, युरोप गएर खेल्ने कुरा सोचेजस्तो सजिलो पनि छैन । त्यहाँ हुने सीमित अवसरका कारण उनीहरु एसिया आइपुग्छन्,’ तन्डुकारले भने ।
कोने पनि आफू युरोपमा गएर फुटबल खेल्न सक्ने अवस्था नभएको बुझेरै नेपाल आइपुगेका थिए । नेपाल आएर आफ्नो खेल सुधार्दै लाने सोचेका थिए । लामो समय लिग नहुँदा सोचेको जस्तो खेल्न पाएनन् र यतैबाट भारततिर लागे । ‘मैले आई लिग क्लबमै एक वर्षजस्तो खेलेँ । तर, भारतमा फुटबल खेलेर कहिल्यै युरोपमा खेल्ने हुन्छु भन्ने लागेन,’ उनले भने ।
भिक्टरलाई पनि भारतमा खेलिने फुटबलको स्तरभन्दा नेपालकै स्तर राम्रो लाग्छ । उत्कृष्ट फुटबलका लागि आएका उनीहरु नेपालमा खेलिने शैलीसँग भने भारतको तुलनामा सन्तुष्ट छन् । यहाँभन्दा भारतमा धेरै रकम पाइन्छ । तर खेलको तुलना गर्ने हो भने त यहाँभन्दा नराम्रो छ । नेपालमा थोरै भएपनि ट्याकटिकल खेल हुन्छ । जसले युरोपमा जानका लागि पर्याप्त अभ्यास हुन सक्छ,’ आई लिग क्लब मिनेर्भा पञ्जाबबाट झण्डै एक वर्ष फुटबल खेलका भिक्टरले भने ।
यस्ता छन् चुनौतीहरु-नेपालमा रहेका अफ्रिकन फुटबल खेलाडीको कुरा सुन्दा प्रमुख समस्या भनेकै भाषाको समस्या हो । ‘सुरुवातमा त निकै नै अप्ठ्यारो हुन्छ तर, यहाँका साथीहरु हामीलाई सहज हुने गरी प्रस्तुत हुन्छन् र राम्ररी बुझाउँछन्’ उनले भने, ‘अफ्रिकामा खेल्नेभन्दा यहाँको फुटबल निकै भिन्न छ ।’अफ्रिकामा खेल अलि बढी फिजिकल जस्तो देखिन्छ । हामी शरीरको प्रयोग अनावश्यक रुपमा पनि गरिरहेका हुन्थ्यौं । यहाँ साथीहरु सोचविचार गरेर खेल्छन् । यहाँको खेल पनि अलि तीव्र नै हुन्छ’ भारतबाट फेरि नेपाल आएका कोनले भने, ‘नबुझ्नेहरु यसैमा अलि झुक्किन पनि सक्छन् ।’
भिक्टरका लागि भने यो कुनै समस्या होइन । ‘म माइन्ड गेम नै खेल्छु । सुरुमा त केही समस्याहरु हुन्छन् । तर, यहाँ नेपालमा रहेको राम्रो क्लबबाट खेल्ने अवसर पाएकाले मलाई त्यति अप्ठ्यारो भएन’ उनले भने ।
उनीहरुको लागि अहिलेको ठूलो समस्या लिग फुटबल खेल्न नपाउनु नै हो । गएको चार वर्षदेखि नेपालमा लिग फुटबल भएको छैन । ‘हामी यहाँ नियमित फुटबल खेल्न पाइन्छ भनेरै आएका हौं । तर, सोचेजस्तो खेल्न पाइरहेका छैनौं । धेरैभन्दा धेरै खेलेर सुधार गर्ने नै हाम्रो सोच हो’ नेपालमा लिग नहुँदा भारत गएका कोनले सुनाए ।
नेपालको सबैजसो जिल्लामा फुटबल प्रतियोगिताहरु भइरहेका हुन्छन् तर, पनि अफ्रिकन खेलाडीका लागि मात्रै होइन । नेपाली खेलाडीकै लागि पनि मोफसलका ती प्रतियोगिताहरु खेल सुधार्न पर्याप्त हुँदैनन् । ‘नेपालभर नै प्रतियोगिता भइरहेका हुन्छन् तर, हाम्रा लागि सबैतिर पुग्न सहज हुँदैन । कहिँलेकाहीँ क्लबले लगिरहेका हुन्छन् तर प्राय अवस्थामा त हामी आफै जानुपर्ने हुन्छ,’ कोनले भने ।
सुधार गर्ने अवसर-अफ्रिकनहरु नेपाल आएर फुटबलमा केही न केही नयाँ कुरा सिक्छन् नै । ‘फुटबलरहरु अझै राम्रो बन्न नै देश छाड्छन् । विश्वका धेरै देशबाट युरोपमा फुटबल खेल्न जानेहरु पनि त्यही हो । यहाँ आउनेहरुको अवस्था पनि उस्तै हो । उनी सिक्न नै चाहन्छन् । राम्रो बन्न चाहन्छन्’ मछिन्द्र क्लबका पूर्व उपाध्यक्ष नवीन चित्रकारले भने । ‘उदाहरणका लागि जिकाही लियोन्स डोडेज सुरुमा डिफेन्डरको रुपमा नेपाल आउँदा उस्तो राम्रो थिएनन् । यहाँ प्रशिक्षकहरुले उनको क्षमता हेरेर नयाँ रुपमा विकास गरे । उनी उत्कृष्ट स्ट्राइकरको रुपमा अहिले आई लिगमा आबद्ध छन्’ चित्रकारले सुनाए ।
डोडेज उनै हुन्, जसको सल्लाहमा नै कोन नेपाल आएका थिए । डोडेजले नेपाल आएर आफूले फुटबलमा विकास गरेको र अझै अघि बढेको सम्झेर नै कोनलाई नेपाल बोलाएका थिए । ‘उनले मलाई नेपालमा धेरै सिक्न पाइन्छ भनेर भनेका थिए । त्यो आशा अझै छ,’ कोनले भने , ‘भारतमा जाँदा मलाई लामो पास खेल्न र बल अघि झिक्न भनेका थिए । नेपालमा मलाई मिडफिल्डमा खेल्न भनियो र फरवार्डको लागि बल मिलाउन सिकाइयो ।’
भिक्टर, कोन र डोडेज केही प्रतिनिधि अफ्रिकन हुन् जसले नेपाललाई फुटबल गन्तव्यका रुपमा प्रयोग गरेका छन् । कतिले आफूमा निखार ल्याएर नयाँ अवसर पछ्याइरहेका छन् भने कतिपय अवसरकै खोजिमा छन् ।उनको कुरामा समर्थन जनाउँदै भिक्टरले थपे, ‘अनि त्यसबाटै हामीले थप सिक्ने मौका पनि पाएका छौं ।’ पहिले त नेपाली खेलाडीहरु अफ्रिकनसँग खेल्न अलि डराएको जस्तो लाग्थ्यो । अहिले अवस्था त्यस्तो छैन । राम्रा खेलाडीहरुसँग कसरी खेल्ने र कस्तो अवस्थामा के गर्ने भन्ने उनीहरुले राम्ररी बुझेका छन्’ तन्डुकारले भने । उनलाई लाग्छ नेपाली खेलाडीहरु पनि बाहिर गएर खेले भने केही न केही राम्रो बन्ने छन् ।
नेपालमा फुटबल संघले नयाँ नेतृत्व पाएर लिग फुटबल हुने पक्का भइरहँदा त्यससँग जोडिएका सबै खुसी भएका छन् । तर, रेलिगेसन नहुने भन्ने कुरा भिक्टरलाई मन परेको छैन । त्यसले फुटबलको स्तर कमजोर हुँदै जान्छ कि भन्ने उनलाई लाग्छ । ‘हामीलाई जुन टिमले अनुबन्ध गर्छन् उनीहरु लिग जित्न लागिपरेका छन् भन्ने हामी ठान्छौँ । तर, रेलिगेसन नहुने कुराले खेलमा त्यो रोमाञ्चकता र गम्भीरता कम हुने हो कि भन्ने लाग्छ । यसैले उनीहरुले विदेशी खेलाडी पनि राख्दैनन् कि भन्ने डर पनि छ’ अर्को देशबाट राम्रो अवसर आए नेपालमा नखेल्ने बताउँदै भिक्टरले सुनाए ।
भिक्टर, कोन र डोडेज केही प्रतिनिधि अफ्रिकन हुन् जसले नेपाललाई फुटबल गन्तव्यका रुपमा प्रयोग गरेका छन् । कतिले आफूमा निखार ल्याएर नयाँ अवसर पछ्याइरहेका छन् भने कतिपय अवसरकै खोजिमा छन् । लिग फुटबल नहुँदा र अवसरबाट टाढा रहँदा पनि उनीहरु नेपालमा टिकिरहने एउटै कारण छ, त्यो हो यहाँ उनीहरुले पाएको न्यायो स्वागत र असल व्यवहार । तस्बिर सुदर्शन रन्जित । स्रोतः -अनलाईनखबर (शाश्वत पन्तले लेखेका छन्)


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…