
Donetion
पोखरा(खेलाडी न्युज)-थोपा थोपाले समुद्र बन्छ । थोरै थोरै बचतले लाखौं जुट्छ । जुटेको पैसाले सामाजिक उत्तरदायित्व बहनले नयाँ पाईलाले गन्तव्य डोर्याउँछ । टिप्स दिने प्रचलन विदेशमा अझ बढी हुन्छ । तर पछिल्लो समय पोखराको होटल क्षेत्रमा पनि सामान्यत टिप्स दिइन्छ । त्यो टिप्स केमा खर्च हुन्छ र भयो भन्ने हेक्का खासै कसैले राख्दैनन् ।
पोखराकै एक रेष्टुरेण्टमा संकलित टिप्स रकम सहारा एकेडेमीको लागि हस्तान्तरण गरिएको छ । एकेडेमीमा २८ जना अनाथ बालकहरुले आश्रय लिदैं फुटबलर बन्ने धुनमा छन् । फुटबलर मात्रै नभई उनीहरु शैक्षिक क्षेत्रमा पनि अब्बल दरिने लक्ष्य र उद्देश्य बोकेका छन् । भविष्य आफैंले तय गर्ने छन् । तर बाटो भने सहारा क्लबले देखाउने जिम्मेवारी काँधमा लिएको छ । दायित्व बोध गरेको पनि एक दशक पुग्नै लाग्यो । जुन दोस्रो एकेडेमी हो ।
पोखराको सभागृहचोकस्थित मुग्लान रेष्टुरेन्ट एण्ड बारले छ महिना टिप्स संकलन गर्यो । संकलित टिप्स रकम ५ हजार रुपैयाँ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले दिईयो । ‘पाँच, दश, बीस रुपैयाँ टिप्स स्वरुप दिईएको रकम सामाजिक दायित्व पुरा गर्दै अनाथ बालकहरुको लागि सहारा क्लबलाई हस्तान्तरण गरियो ।’ रेष्टुरेण्टका सञ्चालक राजमान थकालीले भने–‘६ महिनासम्म संकलन गर्दा ५ हजार जम्मा भएको रहेछ । त्यसलाई हस्तान्तरण गर्यौं ।’ सहारा क्लबका पुर्व अध्यक्ष विक्रम थकालीले सानो सहयोगले अरुलाई प्ररेणा दिने भन्दै सहारा एकेडेमीका कठिन परिस्थितिका बालकको लागि अध्ययनमा खर्च गरिने बताए ।
टिप्स रकम विशेष गरी स्टाफमै लिने गर्छन् । जुन व्यक्तिगत आय समेत हो । तर मुग्लानमा भने टिप्स रकम भने सिधै सामाजिक दायित्वको लागि संकलन हुदैं आएको छ । मुग्लान रेष्ट्रोको अष्ट्रेलियाको सिडनीमा दुई र पोखरामा गरी तीन शाखा छन् । मुग्लानमा आउने ग्राहकहरुले सेबा बाट खुसी हुँदै भ्याट र अतिरिक्त कर बाहेक टिप्स बक्समा खसालेको रकम सहारा एकेडेमीलाई प्रदान गरिएको मुग्लानका संचालक राजमान थकालीले बताए ।
“सिडनीका रेष्ट्रेन्टमा जम्मा भएको रकम वार्षिक रुपमा हामी सोझै सहारा क्लबलाई दिन्छौ” थकालीले भने–“वार्षिक ३ लाख जति संकलन हुन्छ र त्यस मध्येबाट सहराद्वारा संचालित आहा रारा फुटबलको दोश्रो पुरुस्कार राशी २ लाख ५१ हजार समेत त्यही रकम बाट दिदंै आएका छौं ।” उनले सात वर्ष देखि लगातार सहयोग गर्दै आइरहेका छन् । पोखरा सभागृहचोकको मिडटाउनमा करिब ६ महिना अघि देखि संचालनमा आएको मुग्लानमा ३६ जना रोजगारको अबसर समेत पाएका छन ।
सहारा क्लबद्वारा संचालित सहारा एकेडेमीले देशभरिका कठिन परिस्थितीका बालकहरुलाई राखेर अध्ययन संगै फुटबल प्रशिक्षणको ब्यवस्था गरिरहेको छ । रकम ग्रहण गर्दै सहराका अध्यक्ष केशब थापाले मुग्लानबाट प्राप्त भएको रकम थोरै भए पनि यो एउटा उदाहरणिय कार्य भएका बताए । तस्बिरः सुदर्शन रन्जित


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…