
पोखरा(खेलाडी न्युज)-कास्की बडिविल्डिङ तथा फिटनेस संघको आयोजनामा शनिबार चौथो माछापुच्छ«े प्रदेशस्तरीय शारिरीक सुगठन प्रतियोगिता हुने भएको छ । संघले आगामी साउन २६ गते पोखराको सभागृह हलमा प्रतिस्पर्धा गर्ने छ । संघले शारीरिक सुगठनमा हुने प्रि जजिङ र फाईनल एकै दिन शनिबार गर्ने निर्णय गरेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा संघका सचिव उमेश सिकेले शुक्रबार खेलाडीको तौल मापन गरी शनिबार नै प्रि जजिङ र फाईनल एकै साथ गरिने बताए । पोखरामा शारीरिक सुगठनको एकै प्रकृतिको प्रतियोगिता एकसाता बीचमा यो दोस्रो हो । एकसाता अघि मात्रै एनएफबीएफ फष्ट मिष्टर पोखरा सम्पन्न भईसकेको छ ।
संघले यसअघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । यसै वर्षदेखि भने प्रदेशस्तरीय गर्ने संघका सचिव उमेश सिकको भनाई थियो । उनका अनुसार चौथो मिष्टर माछापुच्छ«ेसँगै पहिलो पटक महिला फिजिक फिटनेस प्रतियोगितामा समेत समावेश गरिएको छ ।
प्रदेशीस्तरीय प्रतिस्पर्धामा दुई प्रदेश (प्रदेश नं ४ र ५ ) का जिल्लाहरुबाट ७० भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गर्ने उनले बताए । ५५, ६०, ६५, ७०,७५ र ७५ केजी तौलमाथिको समूहमा प्रतिस्पर्धा गराईने छ । ती तौलसमूहबाट प्रथम हुनेले ओभरअलमा प्रतिस्पर्धा गर्न पाउने छन् । ओभर विजेताले मिष्टर माछापुच्छ«ेको टाईटलसहित नगद ५० हजार सहित ट्रफी तथा पदक पाउने छन् । उपविजेताहरुले क्रमश २०, १५, १२,१० र ८ हजार नगद पुरस्कार थाप्ने छन् ।
प्रतियोगितामा नेपालगन्ज, रुपन्देही, कपिलबस्तु, पाल्पा लगायतका जिल्लाबाट समेत खेलाडीको सहभागिता रहने छ ।
छ तौल समूहका दोस्रो र तेस्रो हुने खेलाडीले पनि नगद ६ र ४ हजार रुपैयाँ पाउने छन् । महिला तर्फको प्रतिस्पर्धीलाई नगद प्रथमलाई नगद १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो हुनेलाई नगद ५ हजारसहित ट्रफी पदक तथा प्रमाणपत्र पाउने संघका सचिव सिकेले जानकारी दिए । महिला तर्फ १० जनाले सहभागिता जनाउने पत्रकार सम्मेलनमा जानकारी दिईयो । प्रतियोगिताको लागि ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पोखरामा झण्डै १८ वटा जिम सेन्टर छन् । ती जिम सेन्टरमा विभिन्न उमेर समूहका युवाहरु फिटनेसको लागि जाने गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…