
पोखरा(खेलाडी न्युज)-बुटवलका कृष्णप्रसाद श्रेष्ठले चौथो माछापुच्छ«े शारीरिक सुगठन प्रतियोगिताको टाईटल जितेका छन् । ७५ केजी माथिको तौल समूहमा स्वर्ण पदक विजेता श्रेष्ठले ओभरअलमा प्रतिस्पर्धा गर्दै टाईटल बुटवल पुर्याएका हुन् । दोस्रो स्थानमा भने मनोज केसीले चिक्त बुझाए । एकसाता अघि मात्रै एनएफबीएफ फष्ट मिष्टर पोखराको टाईटल जितेका उनले पाँच केजी तौल घटाउँदै ६० केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । तौलमा स्वर्ण पदक जितेर ओभरअल प्रतिस्पर्धा गर्दा उनी दोस्रो स्थानमा चिक्त बुझाउन विवश भए ।
७५ केजी तौल समूहमा स्वर्ण पदक विजेता सागर विकले भने तेस्रो स्थान कब्जा गरे । चौथो स्थानमा भने श्रीधर दर्लामी मगर उक्लिए । उनले ६५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । त्यसैगरी ७० केजी तौलमा स्वर्ण जितेका निशान राना भने पाँचौ स्थानमा रहे । ५५ केजी तौलमा स्वर्ण पदक जित्न सफल सुनिल आले भने छैटौ हुदैं प्रतियोगिताबाट विट मारे ।
पहिलो पटक आयोजित महिला फिजिक फिटनेसको उपाधि भने बुल्स जिम नयाँबजारका खेलाडीद्वय सपना गुरुङ र अश्मी ताम्राकारले पहिलो र दोस्रो पदक जित्दा रत्न श्री जिमकी कुमारी बुढाथोकीले कास्य पदकमा चिक्त बुझाईन् । कास्की बडिविल्डिङ तथा फिटनेस संघको आयोजनामा शनिबार चौथो माछापुच्छ«े प्रदेशस्तरीय शारिरीक सुगठन प्रतियोगिताको विजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका कानून तथा न्याय संसदीय मन्त्री हरिबहादुर चुमान लगायतले नगदसहित पदक तथा ट्रफी प्रदान गरेका थिए ।
संघले यसअघि पश्चिमाञ्चलस्तरीय प्रतिस्पर्धा गर्दै आएको थियो । यसै वर्षदेखि भने प्रदेशस्तरीय गरेको थियो । प्रदेशीस्तरीय प्रतिस्पर्धामा दुई प्रदेश (प्रदेश नं ४ र ५ ) का जिल्लाहरुबाट ७० भन्दा बढी खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । ओभर विजेताले मिष्टर माछापुच्छ«ेको टाईटलसहित नगद ५० हजार सहित ट्रफी तथा पदक पाए । उपविजेताहरुले क्रमश २०, १५, १२, १० र ८ हजार नगद पुरस्कार थापे ।
तौल समूहका दोस्रो र तेस्रो हुने खेलाडीले पनि नगद ६ र ४ हजार रुपैयाँ पाएका थिए । महिला तर्फको प्रतिस्पर्धीलाई नगद प्रथमले नगद १० हजार, दोस्रोलाई ८ हजार र तेस्रो हुनेले नगद ५ हजारसहित ट्रफी पदक प्रमाणपत्र पाएका छन् । महिला तर्फ ६ जनाले सहभागिता रहेको थियो । pic by umesh pun


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…