
पोखरा(खेलाडी न्युज)-काठमाण्डौमा शुरु हुन लागेको ११ औं एलए कप अन्तर विद्यालय राष्ट्रिय टेनिस प्रतियोेगितामा भाग लिन कास्कीका आठ जना खेलाडी मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् । भाद्र ६ देखि शुरु हुने प्रतियोगितामा उनीहरुले विभिन्न उमेर समुहमा प्रतिस्पर्धा गर्नेछन् ।
काठमाण्डौ गएका खेलाडीहरुमध्ये ९ र १० वर्ष मुनिको ब्वाइज सिंगलमा गण्डकी बोर्डिङ्ग स्कुलका शास्वत बज्राचार्य, सोहि विद्यालयका दर्शिन श्रेष्ठ र शिशु निकेतनका सिर्जन भट्टराई रहेका छन् । त्यस्तै १२ वर्ष मुनिको ब्वाइज सिंगलमा गण्डकी बोर्डिङ्ग स्कुलका नेहालजंग थापा तथा १४ वर्ष मुनिको सिंगलमा समता स्कुलका सौगात खड्काले प्रतिस्पर्धा गर्नेछन् ।
१४ वर्ष मुनिको गल्स सिंगलमा सेण्ट मेरिज स्कुलका श्रृया भट्टराई, रोमिका बुद्धाचार्य र श्रृष्टिका उदास रहेका छन् भने १४ वर्ष मुनिको गल्स डबल्समा श्रृया भट्टराई, रोमिका बुद्धाचार्यको जोडी प्रतिस्पर्धामा उत्रनेछन् । टिम व्यवस्थापकमा प्रदिप खड्का रहेका छन् ।
खेलाडीहरुलाई कास्की जिल्ला टेनिस संघले एक समारोहका विच विदाई गरेको छ । विदाई समारोहमा संघ कास्कीका सचिव लोक गुरुङ्ग, कोषाध्यक्ष राजु गुरुङ्ग, सदस्य नविन चालिसे, खेलाडी सूर्य भुजेल लगायतले शुभ–कामना सहित विदाई गरे । सोहि समारोहविच संघले हङकङ नेप्लीज टेनिस सोसाइटीका प्राविधिक निर्देशक विकास गुरुङ्गलाई सम्मान गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…