पोखरा(खेलाडी न्युज)-इण्डोनेसियामा जारी १८ औं एशियन गेम्स अन्तर्गत प्याराग्लाइडिङ तर्फ एक्युरेसी विधाको प्रतिस्पर्धामा चौथो राउण्ड सकिदाँ नेपाली पाईलटले पदक जित्ने सम्भावना भने केही कमजोर बनेको छ । हावाको चापले आज मंगलबार दोस्रो दिन खेलाडीको सोचे जस्तो प्रदर्शन भने हुन नसकेको प्याराग्लाईडिङका अफिसियल सानोबावु सुनुवारले बताए । ‘हामीलाई यो प्रतिस्पर्धा नयाँ हो । तर सोचे भन्दा राम्रो प्रदर्शन गरेका छन् ।’ उनले भने–‘आज बुधबार फाईनल हुने छ ।’ नेपालले पदकको आशा भने प्यारग्लाईडिङकै अर्को विधा क्रस कन्ट्रीमा गरेको उनले बताए । क्रस कन्ट्रीमा निश्चित दुरी, उचाईमा पुगेर फर्किएर ल्याण्डिङ गर्ने हो ।
एकल प्रतिस्पर्धा अन्तर्गत एक्युरेसी तर्फ पुरुषमा विजय गौतम र शुशिल गुरुङ छन् । भने महिला तर्फको सोही प्रतिस्पर्धामा त्रिशा श्रेष्ठ र प्रतिभा भुजेलले प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो राउण्ड सकिदाँ २२ अंकसहित तेस्रो स्थानमा रहेको विजय गौतम भने दोस्रो दिन मंगलबार पाँचौ राउण्ड सकिदाँ ११ औं स्थानमा झरेका छन । एकल एक्युरेसीका अर्का प्रतिस्पर्धी शुशिल गुरुङ २५ औंस्थानमा छन् । पाचौं राउण्ड सकिदाँ पुरुष टिम एक्युरेसी इभेण्टमा नेपाल आठौ स्थानमै छ । पहिलो स्थानमा आयोजक इण्डोनेसिया, दोस्रोमा चीन, तेस्रोमा मलेसिया, चौथोमा थाइल्याण्ड र पाँचौमा कोरिया, छैटौंमा साउदी अरेबिया तथा सातौंमा चाईनिज ताईपेई रहेको छ ।
महिला तर्फको एकल एक्युरेसीमा नेपाली पाईलट त्रिशा श्रेष्ठ भने जापानकी खेलाडीसँग दशौं स्थानमा छिन् । अर्की प्रतिस्पर्धी प्रतिभा भुजेल भने १६ औं स्थानमा छिन् । महिला टिम एक्युरेसीमा भने नेपाल चौथो स्थानमा यथावत छ । ् । इण्डोनेसिया, थाईल्याण्ड र कोरिया नेपाल भन्दा अघि छन् । यद्यपी टिम एक्युरेसीमा महिला टिम इभेण्टमा पदकको झिनो आशा भने अझै जिवितै छ । बुधबार अन्तिम राउण्ड पछि मात्रै पदकको टुगो लाग्ने छ । टिम एक्युरेसीमा भने दशौं राउण्डसम्म प्रतिस्पर्धा हुने अफिसियल सुनुवारले बताए ।
इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्याराग्लाइडिङको प्रतिस्पर्धा अन्तर्गत नेपालले पदकको आशा गरेको क्रस कन्ट्रीको प्रतिस्पर्धा भने बिहीबारदेखि शुरु हुने छ । पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी, शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ, प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धा गर्ने नेपाली टिमका अफिसियल शैलेन रावतले जानकारी दिए ।
तस्बिर शैलन रावत इण्डोनेसिया।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…