
पोखरा(खेलाडी न्युज)-कास्की जिल्ला बुद्धिचाल संघको आयोजनामा शनिबारदेखि विद्यालयस्तरीय दशौं अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालाको कभर्ड हलमा आयोजना हुने प्रतियोगिता स्वीस लिगको आधारमा खेलाईने छ ।
तीन दिने प्रतियोगितामा पोखराका विभिन्न विद्यालयले सहभागिता जनाउने छन् । संघका अध्यक्ष कर्ण गुरुङका अनुसार राउण्ड रोविनमा हुने प्रतियोगिता ८ राउण्ड चल्ने छ । १५० भन्दा बढी खेलाडी सहभागिता भएको अवस्थामा ९ राउण्ड खेलाईने उनले जानकारी दिए । गत वर्ष १२९ जना खेलाडीको सहभागिता रहेको थियो ।
प्रत्येक विद्यालयले ६ जना खेलाडीलाई सहभागिताको लागि पठाउन सक्ने प्रावधान छ । दशकक्षासम्म अध्ययनरत छात्र तथा छात्रा दुवैलाई सहभागिता गराउने पाउने प्रावधान बुद्धिचाल संघले बनाएको छ । छात्रको तुलनमा छात्राको उपस्थिति अत्यन्तै कमजोर रहेको छ । प्रतियोगितामा १२ जना छात्राले सहभागिता जनाउन सक्ने उनको भनाई थियो ।
राउण्ड रोविनमा हुने प्रतियोगिताले दोसो राउण्डदेखि जित्नेले जित्नेसँग प्रतिस्पर्धा गर्ने छ । हार्नेले हार्नेसँग प्रतिस्पर्धा गर्ने छ । हार्नेले हार्नेसँग खेल्दा जित निकाले एक अंक पाउने छ । अंकको आधारमा फाईनलसम्म प्रतिस्पर्धा गर्दै उपाधि समेत जित्न सक्ने उनले बताए । विद्यालयले रनिङ शिल्ड जित्दा छात्र तर्फको प्रतिस्पर्धामा भने ट्रफी पाउने छन् । दशौं स्थानसम्मकोे खेलाडीले पदक पाउने छन् । छात्रा तर्फ प्रथम, द्धितीय र तृतीयलाई समेत पुरस्कृत गरिने छ ।
कुमुदिनी होम्सले लगातार तीन पटक जित्दै रनिङ शिल्ड कब्जा जमाईसकेको छ । ग्लोबल कलेजिट, प्रतिभा र न्यु मुनलाईट बोर्डिङले पनि उपाधि जित्दै आफनो नाम लेखाईसकेको छ । प्रतियोगिताको उदघाटन भने गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले उदघाटन गर्ने छिन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…