
पोखरा(खेलाडी न्युज)-सातवर्षपछि लेखनाथको भण्डारढीकमा फेरी फुटबलको माहोल सृजना हुदैं छ । २०६७ सालपछि सुनसान बनेको भण्डारढीक खेल मैदान यही भदौ २० गतेदेखि फेरी पुरानै लयमा फर्किने छ । दर्शकको हुटिङ र सांगीतिक माहोलमा २४ औं सस्करणको आदर्श कप व्युँतिदैं छ ।
२३ औं संस्करण टुग्ंयाएर मैदान निर्माण एवं प्यारापिट निर्माणमा जुटेको आदर्श क्लबले भौतिक पुर्वाधार तयार पारेपछि पहिलो संस्करणको रुपमा फुटबललाई उदय गराउँदै छ । २४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरिदिएको छ । रिद्धिसिद्धी सिमेन्टले प्रतियोगिताको टाईटल प्रायोजन गरेको छ । जुन सिमेन्ट उत्पादनको तयारीमा रहेको छ । रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप नकाउट फुटबल प्रतियोगिता सञ्चालन हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब र रिद्धिसिद्धी सिमेन्ट बीच शुक्रबार नै सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । सम्झौता केवल एक वर्षको लागि मात्रै हुने जनाइएको छ । क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी र रिद्धिसिद्धी सिमेन्ट प्रालिका गण्डकी धौलागिरीका एरिया सेल्स म्यानेजर पवनराज बरालले हस्ताक्षर गरेका हुन् ।
‘रिद्धिसिद्धी मार्फत फेरी फुटबल प्रतियोगितालाई उदय गराउँदै छौं ।’ आदर्श क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले पत्रकार सम्मेलनमा भने–‘लामो समयपछिको विश्रामपछि आयोजना गरिएको फुटबललाई तपाईहरुको साथ र सहयोग मिल्ने आशा र विश्वास छ ।’ विगतको वर्ष झैं आदर्श क्लबले महिलाहरुको महानपर्व हरितालिका तीजको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्दै छ ।
आठदिने प्रतियोगितामा आठ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।
उत्कृष्ठ खेलाडीले नगद २५ हजार पाउने छन् । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।
पत्रकार सम्मेलनमा रिद्धिसिद्धी सिमेन्ट गण्डकी धौलागिरी सेल्स म्यानेजर बरालले नारा नै बोण्डिङ विथ युथ भन्ने उल्लेख गर्दै फुटबल प्रतियोतिगालाई प्रायोजन गर्न पाउनु अवसरको रुपमा लिइएको पत्रकार सम्मेलनमा सुनाए । उनले सिमेन्टको उत्पादन नहुदैं रिद्धिसिद्धी सिमेन्टको नाममा प्रायोजन गरिएको भन्दै आगामी दिनमा सहकार्यलाई अझ प्रगाढ बनाउने सम्भावना रहेको स्पष्ट पारे । प्रतियोगितामा विभिन्न उपशीर्षकमा समेत विभिन्न संघसंस्थाले प्रायोजन गरेका छन् । रेफ्री, प्रचारप्रसार, खेलाडी खर्च लगायतमा समेत संघसंस्थाले प्रायोजन गरेका छ् न


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…