
पोखरा.(खेलाडी न्युज)-फुटबल ११ दिन चल्यो । एक करोडको कारोबार हुन पुग्यो । एक करोडको कारोबारमा साढे २३ लाख रुपैयाँ खुद नाफा भयो । मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १६ औं सस्करणको आयव्यय थियो । माघ ९ देखि २० गतेसम्म क्लबस्तरीय नकाउट फुटबल प्रतियोगिता सञ्चालन गरेर सहारा क्लबले २३ लाख ७६ हजार रुपैयाँ नाफा कमायो ।
प्यारापिट थिएन् । तर पनि दर्शकको उपस्थितिले सहारालाई हौस्यायो । दर्शक र भिआईपी प्यारापिट भत्काइएको थियो । भत्काउन बाँकी रहेको प्यारापिटमै बसेर दर्शकले फुटबल हेरे । दर्शकको उपस्थिति राम्रो देखियो । सायद प्यारापिट नभत्काईएको भए सहारा क्लबको नाफा अझै बढ्ने सम्भावना प्रष्टियो । तर क्लबलाई १७ औं सस्करण गर्ने तयारीमा रहदाँ प्यारापिट विहीन पोखरा रंगशालामा गर्ने कि नगर्ने भन्न दुविधा बढेको छ । रंगशालालाई राष्ट्रिय खेलकुद परिषदले टेण्डर प्रक्रियामा लगेको छ । टेण्डरको फाईनल मात्रै हुन बाँकी छ ।
१७ औं सस्करणको लागि सहारा क्लब पर्ख र हेरको स्थितिमा छ । ‘पुर्वाधार बनाउने काम सरकारको हो । रंगशाला बनाउन हामीले सक्दैनौ ।’ सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले भने–‘१७ औं सस्करणको मितिसम्म आईपुग्दा कस्तो अवस्था रहन्छ । त्यस अनुसार प्रतियोगिता कहाँ गर्ने निक्र्यौल गर्छौ ।’ १६ औं सस्करणको प्रतियोगितासँगै आयव्यय विवरण टुग्याउँदा ७० लाख ६५ हजार रुपैयाँ खर्च गर्यो ।
आयतर्फ १३ लाख ५० हजार रुपैयाँ मुख्य प्रायोजक रारा चाउचाउले दियो । खेलकुद परिषदले ५ लाख सहयोग गर्दा गोर्खा ब्रअुरीले ३ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको थियो । सहारा क्लब अष्टे«लियाले २ लाख ५१ हजार जुटाईदियो । लुम्बिनी विकास बैंक, पृथ्वीराजमार्ग बस सञ्चालक समितिले १ लाख ५० हजार सहयोग हस्तान्तरण गरे । सहारा हङकङले सहयोग जुटाउने क्रममा १ लाख २६ हजार संकलन गरेको थियो । रोयल इन्फिल्ड(बुलेट)ले र नेपाल पर्यटन बोर्डले ७५÷७५ हजार रुपैयाँ सहयोग गर्दै प्रतियोगितालाई सफल बनाउन महत्वपूर्ण भूमिका खेले ।
११ दिनमा खेलाडीलाई खर्च वापत २८ लाख २२ हजार खर्च गरियो । अर्थ संकलन उपसमिति संयोजक टिका कार्कीले मैदान, स्टेज र प्यारापिट व्यवस्थापनमा ६ लाख खर्च भएको हिसाब सुनाए । प्रोत्साहन खर्च भने ११ लाख ६२ हजार देखियो । रेफ्रीलाई मात्रै ४ लाख ६३ हजार शुल्क बुझाइएको तथ्यांकले देखाएको छ । कर वापत क्लबले गतवर्ष १ लाख ८२ हजार तिरेको थियो । यो वर्षको कर तिर्न भने बाँकी छ । यातायातमा १ लाख ३८ हजार, अतिथि सत्कारमा २ लाख ६ हजार, फोटो फ्रेम तथा मायाको चिनोमा १ लाख ६२ हजार, मन्च व्यवस्थापनमा १ लाख ३० हजार र व्यानर कपडा तथा लेखाई खर्च १ लाख ४१ हजार खर्च भएको संयोजक कार्कीले आयव्यय फेहरिस्ते सुनाए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…