युएई विरुद्ध खराब शुरुवात

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-एशिया कप क्लालिफायर खेल अन्तर्गत आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दै छ । नेपालले जवाफी व्याटिंग गरिरहेको छ । २५५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चार विकेटको क्षतिमा १०१ रनमा खेलिरहेको छ । ३० औ ओभरमा सेट व्याट्सम्यानको रुपमा रहेका सुवास खकुरेल आउट भएका छन् । उनले ५० रन बनाए ।

ओपनर ज्ञानेन्द्र मल्ल दोहोरो अंकको रन विनै पेभेलिन फर्किएपछि उनको स्थानमा छिरेका कप्तान पारस खड्का पनि १६ रन बनाउँदै स्टम्पिंग हुदै आउट भएपछि नेपाल निकै दबावमा रह्यो । अघिल्लो दिन अर्धशतक पुरा गरेका सागर पुनले सस्तैमा आउट भएपछि नेपालको इनिंगलाई सुवास खकुरेल र दिपेन्द्रसिंह ऐरीले सम्हालिरहेका छन् । ऐरी २१ र खकुरेल अर्धशतक पुरा गरेका छन् ।

नेपाल ओमानसँग हिजोको खेलमा सात विकेटले पराजित भएपछि एशियाकप छनोटमा निकै कठिनाई देखिएको छ । नेपाल स्पष्ट जितको खाँचो छ ।