
पोखरा(खेलाडी न्युज)-आरिफ शेखले नटआउट ६४ र दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय पारी खेल्दै पानीले ओभर घटाइएको खेलमा नेपालले मलेसियालाई १८९ रनको चुनौति तेस्र्याएको छ । एशियाकप छनोट प्रतियोगिताको तेस्रो दिन मलेसियासँगको खेलमा नेपालको मध्यक्रमको व्याट्सम्यानले भरपर्दो व्याटिंग गरेपछि केही राहतको अनुभव गरिएको छ । ए.के साहलाई १६ र सुवास खकुरेललाई ९ रनमै गुमाएको नेपालको इनिंग्स भने ऐरी र शेखले उकासेका थिए । शेखले नटआउट खेल्ने क्रममा ४८ बल खेल्दै ५ चौका र २ छक्का हिर्काए । ऐरीले ५१ बल खेल्दै ६ चौका र १ छक्का हिर्काए ।
पानीले ढिलो गरी ३० ओभरमा छोट्टाइएको खेलमा नेपालले शुरुवाती व्याट्सम्यानलाई सस्तैमा गुमायो । कप्तान पारस खड्कालाई पनि १३ र ज्ञानेन्द्र मल्ललाई ११ रनमा गुमाईसकेको अवस्थामा कमजोरस्थितिबाट बलियोस्थितिसम्म पुर्याउन शेखले महत्वपूर्ण पारी खेले । सागर पुनलाई भने शून्य रनमै पेभेलियन फर्किए ।
नेपालले एशिया कप छनोटको लागि मलेसियलाई जित्नै पर्ने दबाव छ । उता ओमानले सिंगापुरलाई आठविकेटले पराजित गरेको छ । ओमानको जितले नेपाललाई छनोट हुन निकै कठिन बनाईदिएको छ । केहीबेरमै नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा मलेसियाले व्याटिंग शुरु गरेको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…