शसस्त्र प्रहरी, हिमालय, वालिङ र बाग्लुङ भलिबलको अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र १६ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-लामा अमृत फाउण्डेशन घान्द्रुकको आयोजनामा सञ्चालित भलिबल प्रतियोगिताको दोस्रो दिन शनिबार हिमालय क्लब बाटुलेचौर, शान्ति भलिबल प्रशिक्षण केन्द्र वालिङ, एपिएफ मालेपाटन र बाग्लुङ क्लबले जित निकाल्दै सेमिफाईनल प्रवेश गरेका छन् ।

नदीपुरस्थित छन्त्याल समाजको खेल भलिबल कोर्टमा शनिबार सम्पन्न क्वाटरफाईनलको पहिलो खेलमा पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५–२१, र २६–२४ को सेटले हराउदै हिमालयक्लब बाटेलेचौर प्रतियोगिताको अन्तिमचारमा पुग्ने पहिलो टोली बन्यो । दोस्रो खेलमा अर्चलबोट क्लबलाई २५–१३, २५–२० को सोझो सेटले पराजित गर्दै शान्ति भलिबल प्रशिक्षण केन्द्र वालिङले सेमिफाइनलमा बाग्लुङसँगको भेट पक्का ग¥यो ।

तेस्रो खेलमा कास्की भलिबल प्रशिक्षण केन्द्रलाई २५–२३, र २५–१७ को सेटले हराउदै एपिएफ टोली मालेपाटनले अन्तिम चारमा स्थान बनायो । क्वाटरफाईनलको अन्तिम खेलमा आयोजक क्लबलाई २६–२४, २५–१४ र २५–१५ को सेटले बाग्लुङ क्लबले पराजित ग¥यो । आगामी सोमबार हुने सेमिफाईनल खेलमा बाग्लुङ क्लबले हिमालय क्लब बाटुलेचौरसँग प्रतिस्पर्धा गर्नेछ ।

महिला भलिबल तर्फको पहिलो चरणको पहिलो खेलमा सेन्चुरी क्लब घान्द्रुकलाई २५–३ र २५–१३ को सोझो सेटले टप्स उच्चमाबि टिम “ए”ले पाखालगाउदै पहिलो जित आफ्नो पोल्टामा पल्टायो । जनप्रिय उच्चमाबिलाई २५–१७ र २५–५ को सेटले हराउदै टप्स उच्चमाबि टिम “बि” अघिल्लो चरणमा प्रबेश गरेको फाउण्डेशनकाअध्यक्ष अमृत गुरुङले बताए ।
उनका अनुसार प्रतियोगितामा पुरुष तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ५० हजार र उपबिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु ३० हजार प्राप्तगर्नेछ ।

त्यसैगरीमहिलातर्फको बिजेता र उपबिजेता टिमले क्रमश शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु २२ हजार २ सय २२ र १५ हजार ५ सय ५५ हातपार्नेछ भने भेट्रान्स तर्फको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहितनगद रु १५ हजार र उपबिजेता टिमले नगद रु १० हजार प्राप्तगर्नेछ ।