
पोखरा(खेलाडी न्युज)- नवआदर्श सामुदायिक विकास समाज लामाचौरको २२ औ वार्षिकोत्सवको अवसरमा आयोजना हुने तीज महोत्सवमा गण्डकी प्रदेशस्तरिय कराते प्रतियोगिता हुने भएको छ ।
लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको प्राङगणमा भदौ २३ देखी २६ गते सम्म सञ्चालन हुने तीज महोत्सवमा भदौको भदौको २३ र २४ गते दोश्रो गण्डकी प्रदेश स्तरीय नर बहादुर बानिया स्मृती कराते प्रतियोगिता हुने भएको हो । सितेरियो कराते संघ कास्कीको ब्यवस्थापनमा सम्पन्न हुने उक्त प्रतियोगितामा गण्डकी प्रदेशका ९ जिल्लाबाट १ सय २६ प्रतियोगीले सहभागीता जनाउनेछन ।
प्रतियोगितामा पुरुष तर्फ ८ र महिला तर्फ ६ विद्यामा खेल हुने सितोरियो कराते संघ कास्कीका अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा पुरुषतर्फ ३५, ४०, ४५, ५०, ५५, ६०, ६७ केजी र महिला तर्फ ३५, ४०, ४५, ५० र ५५ र एकल कांताका खेलहरु हुने छन । प्रतियोगितामा प्रथम हुने टीमले १५ हजार, दोश्रोले १० हजार र तेश्रो हुनेले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।
नरबहादुर बानियाको स्मृतीमा छोराहरु अमर बानिया र राजु बानिया पोखरा पु्रmट सेन्टरको सहयोगमा विगत ६ वर्षदेखी जिल्ला स्तरिय प्रतियोगिता र अघिल्लो वर्षदेखी प्रदेश स्तरीय प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…