
पोखरा(खेलाडी न्युज)-रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको २४ औं सस्करणको आदर्श कपको आज दोस्रो दिन कास्की जिल्ला फुटबल संघको पोखरा ११ ले स्याङजा फुटबल संघसँग खेल्ने छ ।
यी दुई बीचको भेट सम्भवत छ महिनापछि फेरी हुदैं छ । बाग्लुङमा आयोजित प्रथम मेयर कप फुटबल प्रतियोगिताको फाईनलमा उपाधि लागि भिडेका थिए । बाजी भने स्याङजाले मार्दै गण्डकी प्रदेशको प्रथम मेयर कपको उपाधि स्याङजाल उचालेको थियो । फाईनलमा १–० गोल अन्तरले पराजित गर्दैै उपाधि उचालेको स्याङजाले लेखनाथ रंगशालामा सेमिफाईनल प्रवेशको लागि पोखराको चुनौतिलाई पन्छाउने तयारीमा छ ।
कास्की जिल्ला फुटबल संघले पनि छ महिनाअघि हारेको पीडालाई बिहीबार राहतको अनुभूति लिने योजना बनाएकोछ । उदघाटन खेलमा आयोजक आदर्श क्लब तनहुँ फुटबल संघलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिसकेको छ । २४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको छ । प्रतियोगितामा आयोजक आदर्श क्लब, कास्की ११, बाग्लुङ फुटबल संघ, स्याङजा फुटबल संघ, तनहँु फुटबल संघसँगै शसस्त्र प्रहरी बलको एपीएफ क्लब, ब्रिगेड व्वाईज क्लब र जावलाखेल युथ क्लब बीच प्रतिस्पर्धा हुने छ ।
तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ ।उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…