
पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशले इण्डानेशियामा सम्पन्न १८ औं एशिलायी खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङ तर्फ पुरुष क्रसकन्ट्री विधामा नेपाललाई रजत पदक दिलाउने पोखराका पाँचजना खेलाडी सहित तीन प्रशिक्षकलाई नगद पुरस्कार ले सम्मान गर्ने भएको छ ।
गण्डकी प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक खेलाडीलाई एक–एक लाख रुपैयाँ र प्रशिक्षकलाई २५–२५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत हुने खेलाडीमा बिमल अधिकारी, विजय गौतम, युकेश गुरुङ, सुशील गुरुङ र विशाल थापा छन् भने प्रशिक्षक योगश भट्टराई, सानोबाबु सुनुवार र सहप्रशिक्षक शैलेन्द्र राउत रहेका छन् ।
उनीहरुलाई दुई दिनअघि मात्रै पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति तथा नेपाल हवाई खेलुकद संस्था (ना)ले संयुक्त कार्यक्रम गर्दै नगरपरिक्रमासहित पोखरा रंगशालामा विभिन्न खेलकुद संघसस्थाले नगदसहित सम्मान गरेका थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…