नेपालको साफ सेमिफाईनल आशा जिवितै

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २१ गते २०७५ मा प्रकाशित


file pic

पोखरा(खेलाडी न्युज)-नेपालले भुटानमाथि रवाफिलो जित निकाल्दै साफ च्याम्पियनसिपमा सेमिफाईनको सम्भावनालाई जिवितै राखेको छ । नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजितसँगै निकै दाबावमा भुटान विरुद्ध मैदानमा उत्रिएको थियो ।

पहिलो हाफमा एक गोलले लिएको अग्रता दोस्रो हाफमा भने फराकिलो बन्न पुग्यो । कर्नरमा सुनिल बलले दिएको पासलाई अनन्त तामाङले हानेको हेड बल ड्रप हुदैं पोष्टभित्र छिरेपछि नेपालले अग्रता लिएको थियो । तर दोस्रोृ हाफमा केही अवसरलाई गुमाउँदा अन्तर अझ फराकिलो बन्नबाट चुक्न पुग्यो । बंगलादेशमा जारी साफ च्याम्पियन सिप २०१८ अन्तर्गेत ढाकाको बंगबन्धु रंगशालामा बिहिबार भएको खेलमा नेपालले भुटानलाई ४-० को गोल अन्तरमा पराजित गरेको हो ।

नेपालको जितमा अनन्त तामाङ, सुनील बल, भरत खवास र निराजन खड्काले १-१ गोल गरेका थिए । खेलको २१औं मिनेटमा अनन्तले गोल गर्दै खेलमा अग्रता दिलाएका थिए। आशा गरिएका खेलाडी विमल घर्तीमगरको पेनाल्टी मिस हुदाँ नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्न पुग्यो । ७० औं मिनेटमा पाएको पेनाल्टी बिमल गघर्तीमगरले मिस गरेका थिए। बिमलको पेनाल्टी भुटानी गोलकिपर छिरिङ डेन्डुप रोक्ने क्रममा रिवाउण्ड भएको बललाई सुनिलले पोष्टको जाली चुमाएपछि नेपालले खुशी मनाउँदै पेनाल्टी मिसको पीडालाई विर्सियो । निराजन खड्कालाई भुटानी खेलाडी निमा वाङ्दीले पेनाल्टी बक्समा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो। विमल घर्तिमगरको पेनाल्टीलाई रोकेपछि त्यही रिबाउन्डमा सुनिलले गोल गरेका थिए।

निमाले दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि भुटान १० खेलाडी समिति भएको थियो। दश खेलाडीमा सीमित भएको अवसरलाई नेपालले सदुपयो गर्दै दुई गोल थप्यो । ७६ औं मिनेटमा मैदान छिरेका भरत खवासले त्यसको ३ मिनेटमै नेपालका लागि तेस्रो गोल गरे। ८८ औं मिनेटमा निराजन खड्काले चौथो गोल गर्दै नेपाललाई फराकिलो अन्तरको जित दिलाए। जितसँगै समूह ए रहेको नेपाल ३ अंकसहित शीर्ष स्थानमा पुगेको छ। नेपालले अब समूहको अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेल नजिताले नेपालको सेमिफाईनल यात्रा तय गर्ने छ ।