
पोखरा(खेलाडी न्युज)-शसस्त्र प्रहरीबल एपीएफ क्लब लेखनाथमा आयोजित रिद्धिसिद्धी सिमेन्ट २४ औ आदर्श कपको सेमिफाईनल सुरक्षित गर्दा ब्रिगेड ब्वाईज क्लब भने काठमाडौं फर्किएको छ । लेखनाथको भण्डारढीकस्थि खेल मैदानमा दुवैको भेट भने पहिलो थियो । एपीएफले व्रिगेड ब्वाईजलाई शुक्रबार प्रतिस्पर्धात्मक रुपमा ५–४ ले पराजित गर्दै सेमिफाईनल यात्रा तय गरेको हो ।
असोजदेखि ए डिभिजन लिग सञ्चालन हुदै छ । लिगको तयारीमा छ एपीएफ । तर सिनियर खेलाडी एवं लिग खेल्ने सेट टिम भने लेखनाथमा उपस्थित जनाएन् । यद्यपी शसस्त्र प्रहरी बलले व्रिगेड ब्वाईजलाई पन्छाउँदा तनाव भने लिएन् । व्रिगेड ब्वाईजले उपाधिको लक्ष्य प्रस्तुत गर्ने धुनमा तीन अफ्रिकन खेलाडीलाई जर्सीमा उतारेको थियो । तर प्रभावकारी खेल भने देखिएन् । शसस्त्रको फिजिकल फिटनेसले व्रिगेडलाई केही असहज बनायो ।
दुई गोलले पछि परेको अवस्थामा एपीएफले खेल उल्ट्याउँदै आफनो पक्षमा नजिता पारेपनि व्रिगेड ब्वाईजलाई अन्तिम समयमा आत्मघाती गोलको उपहार दिए । खेलको २२ औं मिनेटमा गणेश बुढाथोकीले गोल गर्दै व्रिगेडले लिएकोअग्रता दोस्रो हाफ शुरु हुनुभन्दा अघि बराबरीमा टुगियो । २५ औं मिनेटमा जोना क्लोरीले गोल गर्दै विग्रेडलाई स्पष्ट अग्रता दिलाए ।
३५ औं मिनेटमा कृपा चौधरीले गोल गर्दै एपीएफलाई खेलमा फर्काउने संकेत गरे । ३६ मिनेटमा सुरेश कुमालले गोल गर्दै शसस्त्रलाई अग्रता दिलाए । कृपाले नै हाफ हुनु दुई मिनेट अघि ४३ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । अफ्रिकन खेलाडी काजानले ४४ औ मिनेटमा गोल गर्दै पहिलो हाफ बराबरीमा सकियो । तर दोस्रो हाफमा व्रिगेडले पहिलो हाफको लयलाई समाउन सकेन् ।
सविन बडारीले ४९ औं मिनेटमा गोल गर्दै शसस्त्रले अग्रता लिदाँ ६२ औं मिनेटमा चुडा चौधरीले गोल गर्दै जित सुनिश्चित बनाए । खेल सकिनै लाग्दा शसस्त्रका कप्तान चक्रबहादुर चिमिलाले आत्मघाती गोलको उपहार दिए । तर व्रिगेडलाई उपहार गोल बराबरीको लागि पर्याप्त बन्न सकेन् । खेलमा म्यान अफ दि म्याच शसस्त्र प्रहरीका कृपा चौधरी घोषित भए । उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे । शनिबारको खेल बाग्लुङ्ग फुटबल संघले जावलाखेल युथ क्लबसँग अन्तिम क्र्वाटरफाईनल खेल्ने छ । आईतबारदेखि सेमिफाईनल खेल शुरु हुने छ ।
उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् ।
प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ । २४ औं सस्करणलाई अम्बे सिमेन्ट प्रालिले मुख्य प्रायोजन गरेको छ । तीन लाख नगद पुरस्कार राशीको उपाधि विजेताले जित्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ । उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको छ । तस्बिर उमेश पुन


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…