रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कप, बाग्लुङलाई पराजित गर्दै जावलाखेल अन्तिम चारमा

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आत्मघाती गोल फुटबलको लागि क्षम्य हुदैन् । भईदियो त्यस्तै । आत्मघाती गोलको उपहारले लिएको अग्रतालाई जावलाखेल युथ क्लबले बाग्लुङ फुटबल संघलाई २–० गोलअन्तरले पराजित गर्यो । लेखनाथको भण्डारढीकस्थित लेखनाथ रंगशालामा शनिबार रिद्धिसिद्धी सिमेन्ट २४ औं आदर्श कपको अन्तिम क्र्वाटरफाईनल प्रतिस्पर्धामा काठमाडौं टोली जावलाखेलले अन्तिम चारमा आफनो स्थान सुरक्षित बनाउँदा अभागी बाग्लुङ भने फर्किन बाध्य भयो ।

१४ औं मिनेटमा बाग्लुङ आत्मघाती गोलबाट पछि पर्यो । जावलाखेलका विरबहादुर आले मगरले गोलकिपरलाई विट गर्दै पेनाल्टी बक्सबाट हानेको बल गोललाईनबाट क्यिलर गर्न खोज्दा आत्मघाती गोल हुन पुग्यो । बाग्लुङका आशिष गुरुङले गोल लाईनबाट क्लियर गर्न हतारिदाँ बल आफनै पोष्टभित्र छिर्न पुग्यो । पहिलो हाफ एक गोलले पछि परेको बाग्लुङले दोस्रो हाफमा खेलमा फर्किने कोशिस गर्यो । तर पाएको अवसरलाई सदुपयोग गर्न चुक्यो ।

खेलको ८० औं मिनेट सुमन डंगोलले अर्को गोल थपेपछि जावलाखेलले बाग्लुङमाथि स्पष्ट जित सुनिश्चित बनायो । पाएको कर्नर बललाई सदुपयो गर्ने क्रममा उनले गोल गरेका थिए । कर्नर बल डिफेन्सले क्लियर गर्न खोज्दा खुट्टामै आइपुगेको बललाई डंगोलले पोष्टको दिशा दिदैं जित सुनिश्चित बनाउँदै सेमिफाईनल यात्रामा डोहोर्याए । खेलमा म्यान अफ दि म्याच जावलाखेलका विरबहादुर आलेमगर घोषित भए । उनले नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । जावलाखेलले पनि आफुलाई बलियो प्रतिद्धन्द्धीको रुपमा उभ्याउन अप्रिकन खेलाडीलाई मैदानमा उतारेको थियो । पाएका अवसरलाई गुमाउँदा जावलाखेलले गोल अन्तर अझै फराकिलो बनाउनबाट चुक्यो । बलमाथिको नियन्त्रण देखाएपछि स्कोरिङ गर्नबाट जावलाखेल टाढिदैं गएको थियो ।

उत्पादनको तयारी गरेको रिद्धिसिद्धी सिमेन्टले शीर्षक प्रायोजन गरेको फुटबल प्रतियोगिता २०४४ सालबाट लेखनाथमा शुरु भएको हो । छ । गण्डकी अञ्चलकै नियमित प्रतियोगिता २०६७ सालसम्म नियमित रुपमा आयोजना हुदैं आएको थियो । सात वर्षको विश्रामपछि फेरी जुर्मुराएको प्रतियोगितालाई आदर्श क्लबले नयाँ रुप दिएको हो । अम्बे सिमेन्टले मुख्य प्रायोजन गरेको प्रतियोगितामा आईतबार पहिलो सेमिफाईनल खेल आयोजक आदर्श क्लबले शसस्त्र प्रहरी बलको एपीएफ क्लबसँग फाईनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए ।

उत्कृष्ठ खेलाडीले नगद २५ हजार प्रदान गरिने छ । उच्च गोलकर्ता, उत्कृष्ठ प्लेमेकर, डिफेन्स, गोलरक्षकले नगद १० हजार रुपैयाा पाउने छन् । प्रत्येक खेलको म्यान अफ दि म्याच घोषित खेलाडीलाई नगद ५ हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिने क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । प्रतियोगितलाई मुख्य प्रायोजन अम्बे सिमेन्ट प्रालि, प्रायोजनमा स्थानीय श्रृंगा यातायात व्यवसायी संघ, सह प्रायोजन गोर्खा ब्रुअरी(टुबोर्ग), उप प्रायोजनमा जस्मिन पेन्ट्स प्रालिले गरेका छन् । प्रथम पुरस्कारको प्रायोजन भने बज्र प्लास्ट इण्डष्ट्रिज प्रालिले गरेको छ ।

दोस्रो पुरस्कार राशी भने कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङले बोलेका छन् । उत्कृष्ठ खेलाडी पुरस्कार प्रायोजन मनकामना प्लाई बोर्ड प्रालिले गरेको छ भने म्यान अफ दि म्याच खेलाडीको प्रायोजन भने त्रिमूर्ति ह्याचरी एण्ड बि एण्ड एस कन्स्ट्रक्सनका प्रोपाईटर सागर गुरुङले गरेका छन् । आदर्श कप उचाल्ने क्लबले तीन लाख नगद पुरस्कार राशीको सहित ट्रफी उचाल्ने छ । उपविजेताको हकमा भने नगद दुईलाख रुपैयाँ पर्ने छ । तस्बिर उमेश पुन ।