
एजेन्सी-युईएफए नेसन्स लिग, लिग ए अन्तर्गत आईतबार विहान भएको प्रतिस्पर्धामा कम ब्याक गर्दै स्पेनले इग्ल्याण्डलाई २–१ गोलले पराजित गरेको छ ।
११ औं मिनेटमा मार्कस रासफोर्डले गोल गर्दै इग्ल्याण्डलाई शुरुवाती अग्रता दिलाए । तर त्यसको दुई मिनेटपछि साउल निगुईजले बराबरी गोल गरे । ३२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै स्पेनलाई जित दिलाए ।
लुकी शले दिएको थ्रो बललाई कलेक्ट गर्दै रासफोर्डले गोल गरेका थिए । उता रोड्रिगो मोरेनोले दिएको पासमा स्पेनिस साउलले गोल गर्दै बराबरी गोल गर्दै खेलमा स्पेनलाई फर्काका थिए । थिआगो एल्कान्तराले दिएको पासमा निकै खुकुलो अवस्थामा रहेको रोड्रिगोले गोल गर्दै स्पेनको जित सुनिश्चित बनाए । समूहमा क्रोयसिया समेत छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…