
पोखरा(खेलाडी न्युज)-पोखराको लामाचौरमा आयोजित तीजे मेलाको तेस्रो दिन सोमबारदेखि महिला राष्ट्रिय भलिबल प्रतियोतिगामा काठमाण्डौंको शिव्म न्यु डायमण्ड एकेडेमीले विजयी सुरुवात गरेको छ । लामाचौरमा रहेको इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको उद्घाटन खेलमा न्यू डायमण्डले पोखराको टप्स माविलाइ २५–२२, २५–१७ र २५–१९ को सोझो सेटमा पन्छाउदै जित निकाल्यो । न्यु डायमण्ड गत वर्षको उपविजेता समेत हो ।
डिफेण्डिङ च्याम्पियन सशस्त्र प्रहरी वलको एपिएफले चितवन टाईगरलाई २५–२१, २५–१८ र २५–१४ को सोझो सेटमा पन्छाउँदै आफनो उपस्थितिलाई प्रष्टयायो । पानी परेपछि लिग चरणका अन्य खेलहरु भने स्थगित गरिएको छ । न्यू डायमण्ड र विभागिय टोली त्रिभुवन आर्मी क्लव बीच खेल भईरहँदा पानी परेपछि स्थगित गरिएको खेलकुद संयोजक शुसिलकुमार श्रेष्ठले बताए ।
महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उदघाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनले मेला र महोत्सवमा विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुनुले महिलाहरुको प्रतिभा प्रष्फुटन हुने जिकिर गरिन् । प्रतियोगितामा ५ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले एक लाख रुपैया र दोश्रो हुनेले ६५ हजारको साथमा ट्रफि मेडल प्रमाणपत्र प्राप्त गर्ने भएको संयोजक श्रेष्ठले जनाए । नेपाल पुलिस र जाउखाखेल भलिवल प्रशिक्षण केन्द्र प्रविधिक कारणवश प्रतियोगितामा सहभागि हुन सकेनन ।
अन्तर मावि छात्रा भलिवल प्रतियोगिताको उपाधिको टप्स माविले जितेको छ । सोममबार भएको फाईनल खेलमा टप्सले करुणा निधि फाउण्डेसन (केफ) लाई सोझो सेटमा पराजित गर्दैै उपाधि जितेको हो । विजेताले २५ हजार र उपविजेताले १५ हजार पुरस्कार प्राप्त गरे ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…