विद्यालयस्तरीय ह्याण्डबलमा गण्डकी बोर्डिङको दोहोरो जित

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     भाद्र २५ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-हिमालय क्लब बाटुलेचौरको आयोजनामा सञ्चालित तीजे मेलाको अवसरमा भईरहेको छात्रा ह्याण्डबल तर्फ पोखरा एकेडेमी(निलो), गण्डकी बोर्डिङ स्कुल, सरस्वती आदर्श विद्याश्रम र माउण्ट अन्नपूर्ण स्कुल अन्तिम चारमा प्रवेश गरेका छन् । विन्ध्यवासिनी माविको खेल मैदानमा सोमबार आयोजित प्रतियोगितामा पोखरा एकेडेमी(निलो)ले विन्ध्यवासिनी माविलाई ८– १ को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । अर्को खेलमा गण्डकी बोर्डिङले लिटिलस्टेपलाई रोमाञ्चक खेलमा ४–३ गोल अन्तरले पराजित गरेको थियो ।

तेस्रो क्र्वाटफाईनल खेलमा पोखरा एकेडेमीको दोस्रो टिमलाई पराजित गर्दै सरस्वती आदर्श विद्याश्रमले ३–० गोलमा पराजित गर्दै सेमिफाईनल सुरक्षित बनायो । अन्तिम क्र्वाटरफाईनलमा माउण्ट अन्नपुर्णले सोसल पब्लिक स्कुललाई ८–२ गोल अन्तरले पन्छाउँदै सेमिफाईनल प्रवेश गरेको हो ।

छात्र तर्फको प्रतिस्पर्धामा गोण्डकी बोर्डिङ स्कुलले सोसल पब्लिक स्कुललाई ८–२ को गोल अन्तरले पन्छाउँदै अन्तिम आठमा प्रवेश गरेको छ । त्यसैगरी जनप्रिय स्कुललाई भने रेन्बो एकेडेमीले १६–६ को फराकिलो गोलले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गरेको हो । मनकामना बोर्डिङले पनि उपाधिको दावेदारिता मानिएको लिटिल स्टेपलाई ११–१० को झिनो अन्तरले पराजित गर्दै अन्तिम आठमा आफनो स्थान पक्का गरेको थियो ।

छात्रा ह्याण्डबल तर्फ १४ स्कुलले सहभागिता जनाएको छ । छात्र तर्फ भने २४ विद्यालयले सहभागिता जनाएको बाटुलेचौर तीज मेला ह्याण्डबल प्रतियोगिताका संयोजक विशाल बस्नेतले जानकारी दिए । विजेता छात्रा तथा छात्र विद्यालयलाई नगद २० हजारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिने छ । उपविजेता टोलीलाई नगद १५ हजारसहितको पुरस्कार प्रदान गरिने उनले बताए । सेमिफाईनलिष्ट विद्यालयलाई ३–३ हजार रुपैयाँबाट सम्मानित गरिने छ ।