
एजेन्सी-विश्वकपमा उपस्थिति जनाउन नसकेकको फुटबलको हस्ती इटालीलाई पोर्चुगलले पराजित गरेको छ । युईएफए नेसन्स लिग अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले इटालीलाई १-o गोलले पराजित गरेको हो । समूहमा इटाली, पोर्चुगल र पोल्याण्ड छन् ।
विश्वकपमा अन्तिम १६ बाट बाहिरएको पोर्चुगलले इटालीलाई पराजित गर्न आन्द्रे सिल्भाले निर्णायक गोल गरेका थिए । उनले खेलको दोस्रो हाफको शुरुवाती समयमा ४८ औं मिनेटमा गोल गरे । जुन गोल जितको लागि पर्याप्त बन्यो । इटालीले केही अवसरलाई दोस्रो हाफमा गुमाउन पुग्यो । ६० वर्षपछि विश्वकपमा अनुपस्थिति जनाएको इटाली विरुद्ध पोर्चुगल कप्तान क्रिष्टियानो रोनाल्डो विना सकारात्मक नजिता आत्मसात गरेको थियो ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…