क्रिकेट र बक्सिङका खेलाडी छनोट

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     असाेज १३ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कास्की जिल्ला क्रिकेट संघले १४ सदस्यीय क्रिकेट टोली छनोट गरेको छ । छनोटमा अधिकांश पुरानै खेलाडी छन् । झण्डै एकसाताको क्लोज क्याम्प गरेर क्रिकेटको छनोट गरिएको हो । छनोट समारोहमा जिल्ला क्रिकेट संघ कास्कीका पदाधिकारीको भने उपस्थिति थिएन् ।  प्रशिक्षक रिजन प्रजु तथा पुर्व राष्ट्रिय खेलाडी सन्जय नेपालले खेलाडीको छनोट गरेका हुन् ।

क्रिकेट–विपिन खत्री, अनिल गुरुङ, विधान श्रेष्ठ, अमृत गुरुङ, सुमन घिमिरे, गोविन्द प्रधान, हरि चौहान, सन्तोष न्यौपाने, मेखबहादुर सेन थापा, विजय राउत, सुदिप पौडेल, प्रेम गुरुङ, ऋषिकेश शर्मा पौडेल र सुमन गहतराज छन् । तीन बैकल्पिक खेलाडीको रुपमा रुपेश सिंह, शशी दुवे र पुरनसिंह ठकुरी रहेका छन् । उनीहरुलाई पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ जिल्ला खेलाडी छनोट संयोजक एवं कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष दिपकबहादुर गोदार, क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगी र जिल्ला खेलकुद विकास समिति कास्कीका कार्यालय प्रमुख प्रकाश बरालले छनोट खेलाडीलाई शुभकामना तथा बधाई दिएका थिए ।

बक्सिङ–यसैगरी कास्की जिल्ला बक्सिङ संघले पनि विभिन्न तौलमा खेलाडी छनोट गरेको छ । ४९ केजी तौल लाईट फ्लाई वेटमा विशाल गौतम छनोट भएका छन् । फ्लाई वेट(५२ केजी)मा कृष्णजंग नेपाली, बेन्टम वेट(५६ केजी)मा जिनेश गुरुङ, लाईट वेट(६०केजी)मा दिनेश बानियाँ छनोट भएका छन् ।
लाईट वेल्टर वेट(६४ केजी)मा रेखसुब्बा गुरुङ, हेभी वेट(९१ केजी)मा सन्जिभ श्रेष्ठ र सुपर हेभी वेट( ९१ केजीमाथिको तौल समूह)मा कुशल राना मगर चयन भएका छन् ।