
पोखरा(खेलाडी न्युज)-थासाङ यूवा परिवारको आयोजनामा सञ्चालित अन्तर क्षेत्रीय थकाली समाज फुटसल प्रतियोगिता २०७५ उपाधि थकाली सेवा समिति पोखराले जितेको छ । पोखरामा शुक्रबार भएको फाईनल खेलमा पोखराले थाक सातसय क्षेत्र मुस्ताङको घाँसालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
विजेताले उपाधि सहित ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । उपविजेता भएको थाक सातसय क्षेत्र मुस्ताङले ३० हजार पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा काठमाण्डौंको थकाली सेवा समिति अनुशासित टीम घोषित भयो । प्रतियोगितामा थाक सातसय क्षेत्रका विमर्श शेरचन उत्कृष्ट खेलाडी घोषित भए भने थकाली सेवा समिति पोखराका किसव शेरचनले ५ गोल गरी सर्वाधिक गोलकर्ताको उपाधि जिते ।
विजयी खेलाडीहरुको टोलीलाई थकाली सेवा समिति कास्कीका अध्यक्ष शिवशंकर गौचन, पोखरा थाकसाङ युवा परिवारका अध्यक्ष लक्ष्मण गौचन, निवर्तमान अध्यक्ष योगेन्द्र शेरचन, खासाङ स्पोटर्स क्लव काठमाण्डौंका अध्यक्ष कृष्ण शेरचन लगायतले पुरस्कार वितरण गरेका थिए ।
यस अघि थकाली सेवा समिति पोखराले काठमाण्डौंको थकाली सेवा समितिलाई टाईब्रेकरमा ४–३ को गोल अन्तरले पराजित गर्दै फाईनलका यात्रा तय गर्दा घाँसाले पोखरा थाकसाङ युवा परिवारलाई ३–१ को गोल अन्तरले पराजित गरेको हो । पोखरा दिपका सिकन्दर गौचनको मुख्य प्रायोजन र थकाली सेवा समाजको सह–प्रयोजनामा उक्त प्रतियोगिता पोखराको अधिकारीटोलमा रहेको ट्यूटिसल फुटसल एरिनामा पहिलो पटक भएको हो । देशभरका १९ थकाली समाजहरु भए पनि प्रतियोगितामा भने ७ वटा समाजले सहभागि जनाएका थिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…