पोखरामा श्री बीर गणेशमानसिंह बक्सिङ च्याम्पियनसिप, आईतबार फाईनल

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     पौष १४ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी प्रदेशस्तरीय बक्सिङ खेलाडी छनोट स्वरुप पोखरामा शनिबार श्री बीर गणेशमानसिंह राष्ट्रिय बक्सिङ च्याम्पियनसिप शुरु भएको छ ।

शनिबार पोखरा रंगशालास्थित सेमी कभर्ड हलमा भएको प्रतिस्पर्धामा ५६ केजी तौल पुरुष तर्फ बाग्लुङका दुतप्रसाद परियारले कास्कीका अनिष दर्जीलाई पराजित गर्दै फाईनल प्रवेश गरेका छन् । त्यसैगरी ६० केजी तौल समूहमा जेनिस गुरुङले नवलपुरका छविराज बोहरालाई पराजित गर्दै फाईनल सुरक्षित बनाए ।

आईतबार प्रतियोगिताको फाईनल हुने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभागका निर्देशक विद्या मर्सानीले जनाए । उनका अनुसार पुरुष तर्फ ४९, ५२, ५६, ६०, ६४, ७५ र ८१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । उनीहरुको आईतबार फाईनल बाउटको हुने छ । त्यसैगरी महिला तर्फ ४८, ५१, ५४, ५७, ६० र ६४ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । महिलाहरुको पनि आईतबारै फाईनल खेल हुने उनले बताए । विजेता खेलाडीहरु नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउने छन् । तस्बिर उमेश पुन