
पोखरा(खेलाडी न्युज)-बीर गणेशमानसिंह बक्सिङ च्याम्पियनमा आईतबार भएको फाईनल बाउटमा ५२केजी तौल समूहमा बाग्लुङका केशरबहादुर नेपालीले जितेका छन् । उनले आईतबार पोखरा रंगशालास्थित सेमी कभर्ड हलको बक्सिङ रिङमा आयोजित प्रतिस्पर्धामा कास्कीका सरोज विकलाई पराजित गरेका थिए । पहिलो राउण्डमै रेफ्रीको निर्णय सुनाउँदै नेपालीलाई विजयी घोषित गरिएको थियो ।
५६ केजी तौल समूहमा भने बाग्लुङकै दुधप्रसाद परियार विजयी बनेका छन् । उनले नवलपुरका पुरन राकस्कोटी मगरलाई पराजित गरे । मगरलाई पहिलो राउण्डमै ३ पटक काउण्टको गरे । एकै राउण्डमा तीन पटक काउण्ट गरेपछि खेलाडीलाई अयोग्य हुने छन् । मगरको अनुहारमा तीन पटक पन्च लागेपछि रेफ्रीले काउण्ट गरेका थिए । काउण्ट गरेपनि उनले खेल्न सक्ने संकेत गरे । तर तेस्रो पटकसम्म काउण्टमा परेपछि उनी स्वतह अयोग्य घोषित भए ।

केशरबहादुर नेपालीलाई पुरस्कार वितरण गर्दै दिपकबहादुर गोदार
६० केजी तौल समूहको प्रतिस्पर्धा भने निकै रोमाञ्चक बन्यो । कास्कीका जेनिस गुरुङले बाग्लुङका सुजन चोचाङ्गी मगरलाई पराजित गर्न तीन राउण्ड भिडे । तेस्रो राउण्डसम्म भिड्दा गुरुङले अंकको आधारमा जित निकाल्दै स्वर्ण पदक थापे । ६९ केजी तौल समूहको प्रतिस्पर्धामा भने नवलपुरका सविन गुरुङले कास्कीका युवराज श्रेष्ठलाई पराजित गर्दै स्वर्ण पदक जिते । ४९ केजी तौल समूहमा सुरज गुरुङ विजेता बनेका थिए ।
पुरुष तर्फ ७५ केजीमा अनिल थापा र ८१ केजीमा सुशन पुन विजयी भएका थिए । महिला तर्फको प्रतिस्पर्धा भने भएन् । यद्यपी तीन वटा तौल समूहमा स्वतह विजयी घोषणा गरिएको थियो । ४८ केजी तौल समूहमा आकृति गुरुङ कास्की, मिना घले ५१केजी तौल र ६० केजीमा सिसम थापा कास्कीकी खेलाडी विजयी घोषित भईन् । गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा विजयी खेलाडीहरुले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाउन पाउने छन् ।
विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका लेखा प्रमुख कुमार बस्नेत, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ, प्रशिक्षण विभाग प्रमुख विद्याप्रसाद मर्सानी, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीका अध्यक्ष दिपकबहादुर गोदार लगायतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।


पोखरा ÷पोखराको मैदानमा आईतबार भएको बिभागीय डर्बी प्रतिस्पर्धामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई सडन डेथमा पराजित गर्दै उपाधि उचालेको छ । आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरामा पहिलो पटक आयोजित प्रथम महिला गोल्डकपको उपाधि जित्न पेनाल्टी सुटआउट…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…