
पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता भएको स्याङ्जामा यसै वर्ष फेरि अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता हुदैं छ । स्याङ्जामा अन्तर्राष्ट्रिय स्तरको १ सय किमी साइकल प्रतियोगिता गर्दै साईक्लिङ्को नयाँ गतव्यको रुपमा विकास गर्ने योजना छ । प्रतियोगिता वन्डरफुल वालिङ समूहले संयोजकत्वको भूमिका खेल्ने छ ।
‘आँधिखोला भ्याली हवाई खेलको गन्तव्य बनेको छ, साहसिक खेल खेल्न आउने खेलाडी अन्य खेलका पनि पारखी हुन सक्दछन् साहसिक खेलका माध्यमबाट गाउँघरमा पर्यटक भित्राउने हाम्रो लक्ष्य हो,’ साइक्लिङ माध्यमबाट स्याङ्जालाई चिनाउन लागिपरेका अभियन्ता दिनाकर नेपालले भने । पहाडी भूभागमा पैदलमार्ग, गोरेटो, ग्रामीण सडक खण्ड र केही एड्भेन्चर रुट निर्माण गर्न सके धेरै स्याङजालाई साइक्लिङबाट पनि चिनाउन सकिने उनले तर्क राखे ।
एकदिवसीय अन्तर्राष्ट्रिय साइकल प्रतियोगिताका लागि १ सय किलोमिटर ट्रेल निर्माण भइसकेको वन्डरफुल वालिङले जनाएको छ । प्रतियोगिता वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाले संयुक्त आयोजना गर्ने सातौं वालिङ महोत्सवमा उद्घाटन गरिने अर्का अभियन्ता मोहन गुरुङले जानकारी दिए । अन्तर्राष्ट्रियस्तरको साइक्लिङ प्रतियोगिता हुनु महोत्सवकै आकर्षणका रुपमा हेरिएको उद्योग वांणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले बताए ।
बुधबारबाट प्रतियोगितामा भाग लिन इच्छुकले अनलाइन रजिस्ट्रेसन गर्न पाउनेछन् । नेपाल एमटिबी डटकममा लग इन गरेर अनलाइन दर्ता गर्न सकिने छ । २५ जना विदेशी खेलाडी र १ सय ५० जना नेपाली खेलाडीको प्रतिस्पर्धा हुने आयोजकले लक्ष्य राखेको छ । वालिङ खेल मैदानबाट सुरु हुने प्रतियोगिता मिर्दी, जगत भञ्ज्याङ, केवरे, गह्रौंसुर, बझाकोट, करादी, बायँटारी, अकला, डुम्रे भञ्ज्याङ, शीरकोट अमले हुँदै खेल मैदानसम्मको ट्रयाकलाई१ सय किमी निर्धारण गरिएको छ ।
प्रतियोगिताको टाइटल पुरस्कार ५ लाख रुपैयाँ रहेको अभियन्ता गुरुङले सुनाए । महिला तर्फबाट प्रथम हुनेले ३ लाख र पुरुषतर्फबाट प्रथम हुनेले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा भाग लिन विदेशीले १ सय ५० डलर र स्वदेशीले ५ हजार रुपैयाँ बुझाउनुपर्ने छ ।
२५ किमी, ५० किमी, ७५ किमी र सय किमीमा ‘कटअफ जोन’ निर्धारण गरिएको आयोजकले जनाएको छ । प्रत्येक जोनमा प्रतिस्पर्धी निर्धारित समयमा क्रस गर्नुपर्ने हुन्छ । ‘निर्धारित समयमा कटअफ जोनमा प्रवेश गर्न सकेनन् भने जुन ठाउँमा पुग्छन्, त्यहीं ठाउँसम्मको प्रमाणपत्र दिइनेछ,’ दिनाकर नेपालले भने ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…