
पोखरा(खेलाडी न्युज)-तेस्रो संस्करणको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको खेलाडी अक्सन गरिएको छ । पोखरेली खेलाडी विपिन खत्रीलाई सोमपाल कामीले आफनो टिम धनगढी स्टार्समा आवद्ध गरेका छन् । खत्रीको पोखरा प्रिमियर लिगमा देखाएको प्रदर्शनकै आधारमा खत्रीमाथि सोमपालले विश्वास देखाउँदै ९५ हजारमा आफनो टिममा समावेश गरे ।
पोखरा प्रिमियर लिगमा सोमपालले बुटवल ब्लाटर्सको कप्तानी गरेका थिए । उनकै टिममा थिए विपिन खत्री । खत्रीले आठ विकेट लिएका थिए । किफायती बलिङ गरेको खत्रीको इकोनोमी पनि १७.५ ओभरमा ५.१५ को नेटरनरेट थियो । उनी दोस्रो सस्करणको धनगढी प्रिमियर लिगमा केवल ३५ हजारमा विक्री भएका थिए । उनी अघिल्लो सस्करणको डिपिएलमा भने रुपन्देही च्यालेन्जर्सबाट खेलेका थिए ।
पहिलो एभरेष्ट प्रिमियरमा पोखरा राईनोजबाट खेल्दा उनलाई ५० हजारको बोली लागेको थियो । पोखरा प्रिमियर लिगमै उनी बुटवलबाट खेल्दा केवल ३० हजार मात्रै थियो । केही हप्ता अघि मात्रै सकिएको एभरेष्ट प्रिमियर लिगमा भने उनी ५५ हजारको भाउ पाए । तर अहिले धनगढी प्रिमियर लिगमा उनी ९५ हजारमा सोमपाल कामीले आफनो टिममा समावेश गरेका थिए । डिपिएलको अक्सनसँगै उनी यतिबेला इनरुवमा चलिरहेको एमएम कप एकदिवसीय क्रिकेटको तयारीमा छन् । गण्डकी प्रदेशका अनुभवी बलरको रुपमा उनी दखिने छन् । खत्री पोखरा रंगशालास्थित पोखरा क्रिकेट एकेडेमीमा प्रशिक्षण लिने गरेका छन् । उनले एकेडेमीका जुनियर खेलाडीलाई प्रशिक्षण समेत गराउँछन् ।
अक्सनमा सहभागी खेलाडीहरुले आफ्नो मूल्य ३० हजार न्युनतम राखेका छन् भने टिमले २ लाख ५० हजारसम्म बोली लगाउन पाउने नियम रहेको छ। २ लाख ५० हजार १ भन्दा बढी टिमले बोली लगाए गोला प्रथाबाट खेलाडी कुन टिममा जाने चयन गरिने प्रावधान रहेको थियो । धनगढी प्रिमियर लिगले यो संस्करण देशकै ठुलो धनराशीको प्रतियोगिता गर्ने घोषणा गरेको छ । यस अघिको संस्करणमा डिपिएल विजेताले २५ लाख पुरस्कार पाएको थियो। पोखरा प्रिमियर लिगले विजेतालाई २७ लाख राशीको पुरस्कार प्रदान गरेको थियो । डिपिएलले त्यो भन्दा बढी रकम विजेतालाई प्रदान गर्ने जनाएको छ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…