
पोखरा(खेलाडी न्युज)-अन्तर्राष्ट्रिय टेनिस महासंघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको संयोजनमा पोखरामा १८ वर्ष मुनिको आइटीएफ टेनिस प्रतियोगिता अन्तर्गत बुधबार एकलतर्फ प्रि.क्वाटरफाइनल तथा डबल्सतर्फ क्वाटरफाइनलका खेलको समीकरण पुरा भएका छन् ।
पुरुष एकलतर्फको प्रि. क्वाटरफाइनल खेलमा जापानका जेनी इनोले भारतका आदित्य बरदान राय चौधरीलाई ६–२, ७–५ को सेटमा पराजित गर्दै सर्किट २ को उपाधि जोगाउने लक्ष्यमा छन् । जापानका केइजु मियाकेले भारतका दिपेन्दर ग्रेवाललाई ६–४, ६–२ ले पराजित गर्दै अगाडि बढेका छन् ।
अमेरिकाका हनु पटेलले चीनका मेई गाओलाई ७–५, ६–२ ले, मलेसियाका जियान क्योङ्ग ताकेसिले अष्टे«लियाका निकोलास मोजरलाई रिटायर्ड हर्ट (०–१) मा, भारतका उदयबिर सिंहले अष्टे«लियाका मार्को प्याभिसिकलाई ६–१, ६–१ ले, चीनका चेन लियाङले भारतका अर्जुन गोहाडलाई ७–६, ६–० ले पराजित गर्दै अन्तिम आठको स्थान पक्का गरे ।
महिला एकलतर्फको खेलहरुमा भारतका रेन्नी सिंग्लाले भारतकै श्रृष्टि धिरलाई ६–०, ६–० ले, बुल्गेरियाका भिक्टोरिया भेलेभाले चीनकी जिछुअन जेङलाई ६–१, ६–० ले, ताइवानका लि हस्न लिनले श्रीलंकाका अञ्जलीका कुरेरालाई ६–०, ६–० ले, चीनकै इटोङ झाङले ताइवानका स्किया कुङ्गलाई ६–१, ६–० ले, हंगेरिका अन्ना लाजोसले नेपालका एनी माथेमालाई ६–१, ६–१ ले, भारतका रिया बोभेजाले जापानका रिया ओहोनोलाई ७–६, ६–३ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन् ।
पुरुष डबल्सतर्फ मलेसियाका जियान क्योङ्ग र फिलिपिन्सका जोसे एन्टोनियो ट्रियाको जोडीले भारतका पस्र्वा बभिसि र कोरियाका जि हुन कोङ्गको जोडीलाई ६–१, ६–२ ले, जापानका जेनी इनो र केइजु मियाकेको जोडीले चीनका चेन लियाङ्ग र भारतका फैज नस्यामको जोडीलाई ६–४, ७–५ ले पराजित गरे । महिलातर्फको डबल्समा चीनका ले यु लियु र इटोङ्ग झाङ्गको जोडीले नेपालका अभिलाषा विष्ट र श्रीलंकाका अञ्जलीका कुरेराको जोडीलाई ६–०, ६–० ले, चीनका युछुन लुओ र जियु झाङ्गको जोडीले भारतका अमिक किरण र हंगेरीका अन्ना लाजोसको जोडीलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…