
पोखरा(खेलाडी न्युज)-सलोन श्रेष्ठले पाँच विकेट लिदाँ केवल ९ रन खर्चिएर जनप्रिय माविलाई ६५ रनमै समेटिएपछि कुमुदिनी होम्स नेप्जिल इनकाउण्टर्स विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाईनल प्रवेश गर्यो । बिहीबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जनप्रियले १४७ रनको लक्ष्य पछ्याइरहँदा श्रेष्ठको स्पेलमा व्याट्सम्यानहरु एकपछि अर्को गरी पभेलियनको बाटो समाएपछि कुुमुदिनी होम्सले जनप्रियमाथि ८१ रनको फराकिलो स्कोर जित निकाल्दै सेमिफाईनल प्रवेश गरेको हो ।
टस हारेर व्याटिङमा उत्रिएको कुमुदिनी होम्सले नविन पोखरेलको ४० रनको महत्वपूर्ण इनिङ्समा १४६ रनको फराकिलो स्कोर तयार पार्यो । देव साहले पनि उनलाई साथ दिदैं २३ जोडेपछि कुमुदिनीले फराकिलो स्को बनाएपछि जनप्रिय निकै दबावमा परेको थियो । पोखरेलले ५ चौका खातामा लेखाए । साहले भने केवल १ चौका आफनो इनिङमा हिर्काएका थिए ।
जनप्रियका सुभाष मगरले पनि महत्वपूर्ण पाँच विकेट झार्दै कसिलो बलिङ गरेपनि अन्य बलर धमाधम रन दिएपछि जनप्रियले फराकिलो लक्ष्य पछ्याउन पुग्यो ।
केवल १३ ओभर मात्रै खेल्दै जनप्रियलाई ६५ रनमै पभेलियन पठाउन सलोन श्रेष्ठले ५ विकेट लिए । देव साहले पनि चार ओभर बलिङमै १० रन खर्चिएर तीन विकेट लिए । जे४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने सलोन श्रेष्ठ बने । पाँच विकेट लिएका जनप्रियका पाँच विकेट लिएका सुभाष मगरलाई पनि बल उपहार स्वरुप प्रदान गरिएको थियो । म्यान अफ दि म्याच श्रेष्ठलाई पोखरा महानगरपालिका वडा नं १० का वडाध्यक्ष राजकुमार गुरुङले म्यान अफदि म्याचको ट्रफी प्रदान गरेका थिए ।
कास्की जिल्ला क्रिकेट संघको आयोजना, नेप्लिज इनकाउण्टर्स एजुकेशन प्रालिको मुख्य प्रायोजन तथा जे ४ स्पोर्टसको सहप्रायोजन एवं ह्वाई वरी इभेण्ट म्यानेजमेन्टको व्यवस्थापनमा आयोजित विद्यालयस्तरीय टी–२० क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा टप्सले मदरल्याण्डलाई ७ विकेटले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको छ । टस जितेर व्याटिङ गरेको मदरल्याण्डले ११२ रनको योगफल तयार पार्ने क्रममा विजय आचार्यले ४२ रन नटआउट हिर्काए । उनले ५२ बल खेल्ने क्रममा ५ चौकाको रुपमा बउण्ड्री पार गराए । अर्जुन अधिकारीले भने १७ रनको योगदान गरे ।
मेखबहादुर सेनले अविजित ५२ रन बनाएपछि टप्सले ३ विकेटको क्षतिमा लक्ष्य पुरा गदैै सेमिफाईनल सुरक्षित बनायो । यु–१६ का राष्ट्रिय खेलाडी समेत रहेको सेनले २५ बल खेल्दै ७ चौका र २ छक्का हान्दै उत्कृष्ठ इनिङ खेल्दै जित सम्भब बनाए । बसन्त गुरुङले १७ मौसम गुरुङले १४ रनको योगदान गरे । जे ४ स्पोर्टस म्यान अफ दि म्याचको हकदार भने अर्धशतक पुरा गरेका सेन घोषित भए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…