
पोखरा(खेलाडी न्युज)-गण्डकी प्रदेशस्तरीय भारोत्तोलन खेलमा चार महिला तथा ८ पुरुष गरी १२ जना खेलाडी छनोट गरिएको छ । बाग्लुङमा बुधबार भएको छनोट प्रतिस्पर्धाबाट महिला तर्फ ४९ केजी तौलमा मनकुमार राना, ५९ केजी तौल समूहमा टिकामाया गुरुङ, ६४ केजी तौल समूहमा मनिषा श्रेष्ठ र ७१ केजी तौल समूहमा पुनम परियार छनोट भएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।
पुरुष तर्फ ६१ केजी तौलमा पुष्कल थापा, ६७ केजीमा अभिषेक पौडेल, ६७ केजीमै धनबहादुर कार्की, ७३ केजी तौल समूहमा रजत देबुजा, ७३ केजीमै दिपक पुन छनोट भएका छन् । यसैगरी ८१ केजीमा भरतबहादुर श्रेष्ठ, ८१ केजीमा पदमबहादुर थापा र ८९ केजी तौल समूहमा भोजबहादुर भुजेल रहेका छन् ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप प्रदेशस्तरीय छनोट खेल भने पोखरामा फागुन ४ गतेदेखि शुरु गरिएको हो । फागुन २५ गते समापन गर्दै ३५ खेलमा प्रदेशस्तरीय खेलाडी छनोट गरी आठौं राष्ट्रिय खेलकुद प्रतियोगितास्थल नेपालगन्ज प्रस्थान गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
३५ खेल मध्ये अधिकांश छनोट खेल कास्कीमै गरिएको छ । ेही खेल भने गण्डकी प्रदेशकै अन्य जिल्लामा आयोजना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । एथलेटिक्स इभेण्ट पनि पोखरामै छनोट गरिसकिएको छ । बक्सिङ भने फागुनको २१ गतेदेखि २५ गतेसम्म पोखरामै आयोजना गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
तेक्वान्दो खेल भने म्याग्दीमा अन्तिम छनोट गरिने खेलकुद विकास समितिले जनाएको छ । महिला क्रिकेटको भने स्वतह छनोट हुने छ । कब्बडीको महिला तथा पुरुष, खो खोको महिला तथा पुरुषको छनोट गण्डकी प्रदेशको नयाँ जिल्ला नवलपुरमा आयोजना गरिने छ । कब्बडी फागुन १९ देखि २१ र खो खो भने फागुनको २० र २१ गते छनोट गरिने जनाइएको छ ।
उसु भने चितवनमै गरिने छ । महिला तथा पुरुषको बास्केटल छनोट भने कास्कीमा गरिने छ । बास्केटबल भने फागुनको २२ गतदेखि २५ गतेसम्म गरिने तालिका सार्वजनिक गरिएको छ । व्याडमिन्टन खेल भने म्याग्दीमा आयोजना गरिने छ । त्यसको लागि कास्कीको टोली म्याग्दी प्रस्थान गरेको छ । फागुन ९ देखि १२ सम्म सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख योगीले जानकारी दिए । तनहुँमा भने फागुन १६ देखि १८ गतेसम्म कराँतेको छनोट गरिने छ ।
कास्कीमा बुद्धिचाल फागुन १५ देखि १७ सम्म र महिला तथा पुरुष ह्याण्डबल भने २३ देखि २५ गतेसम्म छनोट गरिने छ । लन टेनिस भने कास्कीमै छनोट गरिने छ । पौडी २४ देखि २५ गतेसम्म आयोजना गरिने तालिका दिइएको छ । साईक्लिङ,कुस्ती, फेन्सिङ,ट्रायथोलन, प्याराग्लाइडिङ, गल्फ र सफ्ट टेनिस भने संघबाट स्वत छनोट गरिने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…