
पोखरा(खेलाडी न्युज)-पोखराको मैदानमा आज बिहीबार विभागीय टोली शसस्त्र प्रहरी बल(एपीएफ)ले सहारा क्लबको आतिथ्यतालाई स्वीकार्दै छ । तीन साता अघि पनि मनकामना केवलकार पोखरा कपमा उदघाटन खेल्दै फाईनलसम्मको यात्रा तय गरेको एपीएफले फेरी एकपटक पोखरामा फरक क्लबको आतिथ्यता स्वीकार्ने छ ।
आहा रारा गोल्डकपको उदघाटन खेलमा १२ औं सस्करणको विजेता घरेलु क्लब सहाराले विभागीय टोलीसँग खेल्दै १७ औं सस्करणको प्रतियोगिता शुरु हुने छ । डेढ दशक लामो इतिहास बोकेको सहाराको यस गोल्डकप भने यो वर्ष केवल १० क्लबले उपाधिको लागि प्रतिस्पर्धा गर्दै छन् । यसै सिजनमा दुई उपाधि उचालेको पाहुना टोली डफिन्सले पनि पोखराको मैदानमा दोस्रो पटक उपस्थिति जनाउने छ । क्यामरुनी टोलीले मनकामना केवलकार पोखरा कप र २१ औं सस्करणको बुढासुब्बा गोल्डकपको उपाधि उचाल्दै नेपाली घरेलु क्लबलाई माथ खुवाईसकेको छ ।
यतिबेला मोफसलका शहरमा नकाउट फुटबल प्रतियोगिता चलिरहेको छ । क्लबहरु निकै व्यस्त छन् । क्लबको व्यस्तताले नकाउट फुटबलको खेल तालिका(टाईसिट) समेत सार्वजनिक हुनै सकेको छैन् । मनकामना केवलकार पोखरा कपमा फाईनलसम्म आईपुग्दा खेल तालिका बन्नै सकेन् । सहाराले पनि उदघाटन बाहेक अन्य खेलको खेल तालिका बनाउन सकेको छैन् ।
प्रतियोगितामा तीन विभागीय टोली त्रिभूवन आर्मी क्लव, शसस्त्र प्रहरीको एपिएफ क्लव, नेपाल पुलिस क्लव तथा मनाङमस्र्याङ्दी क्लव, पुर्वेली धरान फुटवल क्लव, थ्रीस्टार क्लव र हिमालयन शेर्पा क्लबले सहभागिता जनाउने सहारा क्लबले उल्लेख गरेको छ । विदेशी क्लबको हकमा भने डफिन्स क्यामरुन र भारतको युनाइटेड सिक्किम फुटवल क्लब मैदानमा देखिने छन्
प्रतियोगिताको विजेतालाई ८ लाख १ हजार, उपविजेतालाई ४ लाख १ हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई एक थान अप्रिला स्कुटर प्रदान गरिने क्लवले जनाएको छ । प्रतियोगिताको अवसरमा २०७४ सालभरीमा उत्कृष्ट खेल प्रदर्शन गर्ने एक जना खेलाडीलाई सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७५ बाट नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्लाले सम्मान गरिने क्लवले जनाएको छ । त्यस्तै प्रतियोगितामा सर्बाधिक गोलकर्तालाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिनेछ भने उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र उत्कृष्ट प्रशिक्षकलाई नगद १५÷१५ हजारसहित ट्रफी प्रदान गरिने जनाइएको छ ।
एक करोड ३० लाख १ हजार आम्दानी गर्ने लक्ष्य राखिएको प्रतियोगितामा ९७ लाख ९८ हजार ९ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको क्लवका अध्यक्ष केशबवहादुर थापाले बताए । प्रतियोगितालाई हिमश्री फुड्स प्राली मुख्य प्रायोजन गर्दै आएको छ ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…