सिवाईसी अत्तरियालाई तेस्रो धनगढी प्रिमियर लिग उपाधि

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     फागुन ११ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-धनगढीमा आयोजित तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटको उपाधि सिवाइसी अत्तरियाले जितेको छ। शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि जितेको हो।

फाप्ला क्रिकेट मैदानमा महेन्द्रनगरले दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्न सफल भएको थियो । अत्तरियाको जितमा सन्नी पटेलले सर्वाधिक ४७ रन जोडे। उनको महत्वपूर्ण इनिंग खेलेका थिए । यस्तै जय किशन कोल्शावालाले ३० रन जोड्दा कप्तान दिपेन्द्र सिंह ऐरीले १७ रन बनाए ।

उपाधिसँगै अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता बनेको महेन्द्रनगरले १२ लाख प्राप्त गरेको छ। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पूरै २० ओभरमा अलआउट हुँदै १२३ रन बनाएको थियो । महेन्द्रनगरले काठमाडौं गोल्डेन्सले मैदानमा उपस्थिति नजनाएपछि फाईनलमा स्थान बनाएको थियो ।