
पोखरा(खेलाडी न्युज)-फागुनको अन्तिम साता कास्कीको रुपा गाउँपालिकामा अध्यक्ष कप भलिबल प्रतियोगिता गरिने छ । कास्कीको रुपा गाउँपालिकाले फागुनको तेश्रो साता अध्यक्ष कप भलिवल प्रतियोगिता गर्ने निर्णय गरिएको हो ।
रुपा गाउँपालिकाले स्थापना प्रथम स्थापना दिवसको अवसरमा यहि फागुन २४ गतेदेखी २७ गतेसम्म रुपा गाउँपालिका वडा नम्बर ६ को भीरचोकस्थित वर्नेपोखरी खेल मैदानमा ‘प्रथम अध्यक्ष कप भलिवल प्रतियोगिता’ आयोजना गर्ने भएको हो । प्रतियोगितामा गण्डकी प्रदेशका स्थानीय तहहरुले सहभागिता जनाउने आइतबार रुपामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
खेलकुदको माध्यमबाट युवाहरुको शारिरीक, मानसिक, संवेगात्मक र व्यक्ति विकास गर्ने उद्धेश्यले ‘युवाहरुलाई खेलकुदतर्फ आकर्षित गरौं, स्वस्थ र समुन्नत समाजको निर्माण गरौं’ भन्ने नारासहित हुने प्रतियोगिताको लागि फागुन २० गतेसम्म नाम दर्ता गर्ने मिति तोकिएको रुपा गाउँपालिकाका अध्यक्ष नवरोज ओझाले जानकारी दिए । नकाउटका आधारमा खेलाइने प्रतियोगितामा सबै खेलाडी गाउँपालिकाको अनिवार्य हुनुपर्ने शर्त राखिएको छ । गाउँपालिका बाहिरका खेलाडी समावेश गरेको पाइए उक्त टिम स्वतः रद्ध हुने उनले बताए ।
प्रतियोगिताको बिजेताले नगद १ लाख, उपबिजेताले नगद ७० हजार र तृतीयले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक रुपा गाउँपालिकाले जनाएको छ । त्यस्तै, सान्तवना हुने एक टिमलाई नगद २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका अध्यक्ष ओझाले जानकारी दिए । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई नगद ५ हजारसहित एक थान ट्रयाक सुट र उच्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर र उत्कृष्ट लिब्रोलाई नगद ३ हजार तथा अनशासित एक टिमलाई मायाको चिनो प्रदान गरिने उनले बताए ।
प्रतियोगिताको उद्घाटन फागुन २४ गते शुक्रबार पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधी सभाका सदस्य खगराज अधिकारीले गर्ने अध्यक्ष ओझाले जानकारी दिए । प्रतियोगिताको समापन रुपा गाउँपालिकाको स्थापना दिवसको दिन फागुन २७ गते सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको प्रमुख आतिथ्यतामा हुने उनले बताए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…