
दुलेगौँडा(खेलाडी न्युज)-अन्नपुर्ण युवा क्लबले कोत्रे बजारमा आयोजनामा गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स मावीले जितेको छ । टिजी गल्र्स गगनगौडाँलाई २२–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गर्दै टप्सले उपाधी जितेको हो । टप्सले २० हजार र टिजीले १५ हजारको साथमा कप पदक र प्रमाणपत्र पाए । १२ समुहले सहभागिता जनाएका थिए ।
खुला पुरुष बास्केटबल प्रतियोगितामा पोखराको रंगशाला युवा क्लबले उपाधी जितेको छ । ढुंगेपाटन युवा क्लब पावरहाउसलाई ५०–४९ को स्कोरले पराजित गरेको हो । ९ समुह सहभागी प्रतियोगिता विजेताले २५ हजार र उपविजेताले १५ हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएका छ ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…