
दुलेगौँडा(खेलाडी न्युज)-अन्नपुर्ण युवा क्लबले कोत्रे बजारमा आयोजनामा गरेको खुला महिला भलिबल प्रतियोगिताको उपाधी पोखराको टप्स मावीले जितेको छ । टिजी गल्र्स गगनगौडाँलाई २२–२५, २७–२५ र २५–२२ को सेटमा पराजित गर्दै टप्सले उपाधी जितेको हो । टप्सले २० हजार र टिजीले १५ हजारको साथमा कप पदक र प्रमाणपत्र पाए । १२ समुहले सहभागिता जनाएका थिए ।
खुला पुरुष बास्केटबल प्रतियोगितामा पोखराको रंगशाला युवा क्लबले उपाधी जितेको छ । ढुंगेपाटन युवा क्लब पावरहाउसलाई ५०–४९ को स्कोरले पराजित गरेको हो । ९ समुह सहभागी प्रतियोगिता विजेताले २५ हजार र उपविजेताले १५ हजारसँगै शिल्ड, मेडल र प्रमाणपत्र पाएका छ ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…