
धनगढी(खेलाडी न्युज)-सुदुरपश्चिम धनगढीमा आयोजित मुख्यमन्त्री कप अन्तरप्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश फाईनल प्रवेश गरेको छ । सेमिफाईनलमा प्रदेश न. ३ लाई ५ रनले पराजित गर्दै गण्डकी प्रदेश फाईनल प्रवेश गरेको हो ।
टस जितेर व्याटिंग गरेको गण्डकीले अनिल गुरुंगको ४४ रनको महत्वपूर्ण इनिंगमा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १०७ रन बनाएको थियो । उनले ३ चौका र दुई छक्का हिर्काए । आकाश थापाले १७ रनको योगदान दिए ।
१०८ रनको लक्ष्य पछ्याएको प्रदेश नं ३ भने १०२ रनमै समेटिदैं पराजित हुन पुग्यो । १९.२ ओभरमा अल आउट भएपछि गण्डकी प्रदेश फाईनलमा स्थान बनायो । गण्डकी प्रदेशमा विपिन खत्रीले ४ ओभरमा दुई विकेट लिए । आकाश थापाले ४ ओभरमा ३ विकेट लिए । किशोर महतोले पनि २ विकेट लिए । राजु गुरुंग, सन्तोष न्यौपाने र विशाल पौडेलले एक एक विकेट लिएका थिए । खेलमा म्यान अफ दि म्याच आकाश थापा घोषित भए । गण्डकी प्रदेशले उपाधिको लागि प्रदेश नं २ सँग खेल्ने छ गण्डकी प्रदेशका प्रशिक्षक चन्द्रकुमार गुरुंगले जानकारी दिए ।


पोखरा-चौथो एबीसी राष्ट्रिय एट ए साइड ४५ प्लस भेट्रान्स कप २०८२ को उपाधि बगर भाइखलकले हात पारेको छ । पोखरा रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक एबीसीलाई ४–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधी जितेको हो । उपाधि…
पोखरा-पोखरा महानगरपालिकासँगको सहकार्यमा गण्डकी प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी बैंशाखमा महानगर कप क्रिकेट प्रतियोगिता गर्ने तयारी गरेको छ । प्रधानमन्त्री एकदिवसीय क्रिकेट प्रतियोगिताको लागि गण्डकी प्रदेश टिम जर्सी अनावरण गर्दै महानग प्रमुख धनराज आचार्यले आगामी बैशाखमा महानगर कप…