हकीमा गण्डकी प्रदेशसँग आर्मी बराबरी

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र २७ गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज) उपाधि जितेको झण्डै महिना पछि आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्रिएको गण्डकी प्रदेशको हकी टोलीले बुधबार नेपाली सेनासँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ ।

गत फेब्रुअरी दोस्रो साता झापाको दमकमा आयोजित गिरिजाप्रसाद कोइराला स्मृति पुरुष हकीको उपाधि उचालेको गण्डकी प्रदेशले आर्मीसँग बराबरीमै चित्त बुझायो । झापाको दमकमा नेपाल आर्मीलाई १-० गोलले पराजित गर्दै उपाधि उचालेको गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको हकीको उदघाटन खेलमा फेरी आर्मी विरुद्ध उत्रिएको थियो । आजदेखि प्रदेश पाँचमा सुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको हक्की खेलमा गण्डकी प्रदेशसँग गोलरहित बराबरी अंक बाड्यो ।

दुबै टिमले गोल गर्न नसकेपछि १-१ अंक बाँडेका छन् । २८ चैत बिहीबार पहिलो खेल गण्डकी प्रदेश र नेपाल पुलिस, दोस्रो खेल नेपाल आर्मी र दुई नम्बर प्रदेश तथा तेस्रो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत हक्की खेलको सेमिफाइनल खेल वैशाख तीन गते हुनेछ । फाइनल खेल भने ४ बैशाखमा हुनेछ ।