आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, ट्रायथलन र दुवाथलनमा विभागीय टोलीको बर्चस्व

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     चैत्र ३० गते २०७५ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार पोखरामा आयोजित ट्रायथलन प्रतियोगिताको उपाधिमा विभागीय टोलीले बर्चस्व कायम गरेको छ । ट्रायथलन पुरुष तर्फको प्रतिस्पर्धमा नेपाली सेनाका दिपेश चौधरीले १ घण्टा ८ मिनेट ३८ सेकेण्डमा पुरा गर्दै स्वर्ण जिते । एक मिनेटले पछि परेका आर्मीकै खेलाडी बसन्त थारु रजत पदकमा चित्त बुझाए । थारुले १ घण्टा ९ मिनेट ९ सेकेण्डको समयमा पुरा गरेका थिए । तेस्रो स्थानमा भने शसस्त्र प्रहरी बलका नितेश मानन्धर रहे । उनले १ घण्टा १५ मिनेट ९ मिनेटमा पुरा गर्दै कास्य पदक जित्न सफल भएका हुन् । महिला तर्फको प्रतिस्पर्धामा शसस्त्र प्रहरी बलकी सोनी गुरुङको पोल्टामा स्वर्ण पदकमा आफनो लेखाए । उनले १ घण्टा २२ मिनेटको समय लगाईन् । नेपाली सेनाकी केशरी थापा मगरले १ घण्टा २९ मिनेट ३० सेकेण्डमा पुरा गर्दै रजत पदक र गण्डकी प्रदेशकी जमुना थापाले २ घण्टाको समय लगाउँदै कास्य पदकमा चित्त बुझाईन् ।

यसैगरी दुवाथलन इभेण्ट प्रतिस्पर्धामा पुरुष तर्फको स्वर्ण शसस्त्रका लक्ष्मण मल्लले जितेका छन् । उनले १ घण्टा १ मिनेट १५ सेकेण्डको समयमा पुरा गर्दै स्वर्ण आफनो नाम लेखाए । त्यसैगरी नेपाली सेनाका हिमाल तामाङले १ घण्टा १ मिनेट ५८ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । तेस्रो स्थानमा पनि शसस्त्र प्रहरी बलका किरणकुमार मल्ल आउँदै कास्य पदक जिते । कास्य जित्न उनले १ घण्टा ४ मिनेट १६ सेकेण्डको समय लगाएका थिए ।

सोही इभेण्ट अन्तर्गत महिला तर्फको प्रतिस्पर्धा शसस्त्र प्रहरी बलकी हुमी बुढामगरले स्वर्ण जित्न १ घण्टा १६ मिनेट १७ सेकेण्डको समय लगाए । १ घण्टा १७ मिनेट ४३ सेकेण्डमा पुरा गर्दै शसस्त्र प्रहरी बलकी निर्जला ताम्राकारले रजत र शसस्त्र प्रहरी बलकै सकुन्तला बुढामगरले १ घण्टा २९ मिनेट ४६ सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । प्रतियोगितामा गण्डकी प्रदेशबाट ६ पुरुष र ३ महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपाल ट्रायथलन संघ कास्कीका सचिव प्रकाश बरालका अनुसार शंकर साह, आशिष रानामगर, कपिल शााही, हिक्मत विक, खुशीमान गुरुङ र सुमित गुरुङले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी महिला तर्फ जे. थापा, विनाकुमारी तिलिजा र सुष्मा गुरुङले प्रतिस्पर्धा गरेका थिए । उनीहरुले ट्रायथलन तथा दुवाथलनमा प्रतिस्पर्धा गरेका थिए ।

नेपाली सेनाबाट १२, शसस्त्रको एपिएफ क्लबबाट १४, प्रदेश ३ बाट ७, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोटबाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता रहेका थिए । निश्चित भइसकेको छ । जसमध्ये १७ जना महिला खेलाडी रहेका छन । नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको संघक अध्यक्ष निलेन्द्रराज श्रेष्ठले बताएका थिए ।

ट्रायथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्वीमिङ ७५० मिटर, ५ किलोमिटरको दौडमा प्रतिस्पर्धा गरेका थिए । दुवाथलन स्प्रिन्टमा ५ किलोमिटर दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौडको प्रतिस्पर्धा गर्दै सहभागिले टुग्ंयाएका थिए । प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोकसम्मको स्थललाई तोकेको छ । आठौं राष्ट्रिय खेलकुद अन्तरगत दुईवटा इभेण्टमा गरी ५१ जना खेलाडीको सहभागिता रहेको थियो । विजेता खेलाडीलाई गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति दिपक कोइराला, साउथ एशिया ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, कास्की जिल्ला ट्रायथलन संघका अध्यक्ष सुमन देवकोटा लगाएतले पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीले पोखरामै आयोजना हुने एशियन कप तथा साउथ एशियन च्याम्पियनसिपमा सहभागिता जनाउन पाउने छन् ।