
नेपालगन्ज(खेलाडी न्युज)-नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आइटिएफ तेक्वान्दोमा गण्डकी प्रदेशले ३ वटा रजत पदक हात पारेको छ ।
सहायक प्रशिक्षक प्रतिक घर्तीमगर अनुसार सुस्मीता थापा, वसन्ती थापाले एकल प्रतिस्पर्धामा रजत पदक जित्न सफल भए । समूहगत प्रतिस्पर्धामा पनि गण्डकी प्रदेशले रजत पदक हात पारेका हुन्। महिला टिममा मसिना तामाङ, स्नेहा तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा रहेका थिए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…