आईटिएफमा गण्डकीलाई तीन रजत पदक

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख ८ गते २०७६ मा प्रकाशित


नेपालगन्ज(खेलाडी न्युज)-नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आइटिएफ तेक्वान्दोमा गण्डकी प्रदेशले ३ वटा रजत पदक हात पारेको छ ।

सहायक प्रशिक्षक प्रतिक घर्तीमगर अनुसार सुस्मीता थापा, वसन्ती थापाले एकल प्रतिस्पर्धामा रजत पदक जित्न सफल भए । समूहगत प्रतिस्पर्धामा पनि गण्डकी प्रदेशले रजत पदक हात पारेका हुन्। महिला टिममा मसिना तामाङ, स्नेहा तामाङ, सुस्मिता थापा, सृजना थापा र अनुष्का बुढा रहेका थिए ।