
पोखरा(खेलाडी न्युज)-आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखराको आकाशमा भइरहेको प्याराग्लाइडिङ प्रतियोगितामा विभागीय टिम सेनाले स्वर्ण पदकको दबदबा कायमै राखेका छन् । दुईदिनसम्मको प्रतिस्पर्धामा महिला तथा पुरुषतर्फ सेनाको अग्रता कायम रहेको छ ।
प्रतियोगितामा एक्युरेसी र क्रसकन्ट्रीमा महिला तथा पुरुषका प्रतियोगिता चलिरहेका छन् । भोलि सोमबार पदकको टुंगो लाग्ने छ । आइतबार एक्युरेसीतर्फ चारवटा चरण सकिँदासम्म महिला तथा पुरुष दुवैतर्फ विभागीय टिम आर्मीले अग्रता कायम राखेको छ । पुरुषतर्फ टिम एक्युरेसीमा १४५ अंकका साथ आर्मी पहिलो स्थानमा रहेको छ । ९५५ अंकका साथ प्रदेश–१ दोश्रो र १३१५ अंकका साथ गण्डकी प्रदेश तेश्रो स्थानमा रहेको छ ।
त्यस्तै इन्डिभिजुअल एक्युरेसीतर्फ पहिलो र दोश्रो स्थान पनि आर्मीले लिएको छ । ८ अंकका साथ आर्मीका सागर जलारी प्रथम स्थानमा छन् । ११ अंकका साथ सागर नेपाली दोश्रो र १९ अंकका साथ प्रदेश–१ का रोशन बस्नेत तेश्रो स्थानमा रहेका छन् । महिलातर्फ इन्डिभिजुअल एक्युरेसीमा पनि पहिलो स्थानमा आर्मी नै रहेको छ । आर्मीकी दुर्गामाया गुरुङ १७७ अंकका साथ प्रथम स्थानमा छिन् । गण्डकी प्रदेशकी सविता तामाङ २८७ अंकका साथ दोश्रो र गण्डकीकी प्रतिभा बोगटी ३७९ अंकका साथ तेश्रो स्थानमा रहेकी छिन् ।
टिम क्रसकन्ट्रीमा पुरुषतर्फ पनि आर्मी पहिलो स्थानमा छ । आर्मीले ५९३३ अंक बटुलेको छ । गण्डकी प्रदेश ५८९३ अंकका साथ दोश्रो स्थानमा र प्रदेश–३ ले ५६९५ अंक लिएर तेश्रो स्थानमा रहेको छ । पुरुषतर्फकै इन्डिभिजुअल क्रसकन्ट्रीतर्फ आर्मीका सुरज थापाले १७४६ अंक बटुलेर प्रथम स्थान ओगटेका छन् । १६११ अंकका साथ प्रदेश–३ का कृष्णबहादुर सुनुवार दोश्रो र १६०६ अंकका साथ आर्मीका बिशाल थापा तेश्रो स्थानमा रहेका छन् ।
महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्रीमा गण्डकीकी त्रिशा बमजनले ७७७ अंक बटुलेर प्रथम स्थान ओगटेकी छिन् । २८८ अंक लिएर प्रदेश –१ की सुस्मिता सुनुवार दोश्रो र २७९ अंकका साथ स्वस्तीका गुरुङ तेश्रो स्थानमा रहेकी छिन् । ‘गण्डकी प्रदेशको पोखरामा लामो समय अभ्यास गरिरहेका सशक्त खेलाडी आर्मीबाट खेलेकोले पदकका लागि आर्मी दावेदार बनेको छ,’ निर्णायक कमिटिका सदस्य बिमल अधिकारीले भने, ‘नत्र त्यसको फाइदा गण्डकी प्रदेशलाई हुने थियो ।’
राष्ट्रिय खेलकुदको यो प्रतियोगितामा भाग लिने खेलाडीले पोखराको सराङकोटबाट उडेर फेवाताल किनारको खपौदीमा अवतरण गर्नेछन् । प्रतियोगितामा प्रदेश १, ३ गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका छन् । त्यस्तै विभागीय टिम आर्मीले पनि प्रतियोगितामा सहभागिता जनाएको छ । प्रतियोगितामा टिम क्रसकन्ट्री र टिम एक्यूरेसी तथा इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीतर्फ पुरुषको प्रतिश्पर्धा हुँदैछ भने महिलातर्फ इन्डिभिजुअल क्रसकन्ट्री र इन्डिभिजुअल एक्युरेसीमा मात्र प्रतिश्पर्धा हुने नेपाल ह्याङग्लाइडिङ एण्ड प्याराग्लाइडिङ एशोसिएसनका महासचिव शैलेन्द्र रावतले बताए ।


कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…