
नेपालगञ्ज(खेलाडी न्युज)-नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ ।
आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्। त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्शेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्।


पोखरा-सहाराको आवासिय एकेडेमीमा तीस जना बालक छन् । भरणपोषण र शिक्षादिक्षा समय अनुकुल खर्चिलो बन्दै गएको छ । आयस्रोत आर्थिक सहयोग जुटाउने बाहेक केही छैन् । सहयोग जुटाउने अभियानमा सहाराले गतवर्ष तिहार लगत्तै च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको…