एशियन कप ट्रायथलन जापानीजले जित्दा साउथ एशियन च्याम्पियनसिपमा नेपालका थारुलाई स्वर्ण

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख १४ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अन्तराष्ट्रिय ट्रायथलन युनियनको प्राविधिक सहयोग र नेपाल ट्रायथलन संघको आयोजनामा शनिबार पोखरामा आयोजित एशियन कप ट्रायथलन च्याम्पियनसिपको उपाधि जापानीज खेलाडी माकोतो ओदाकुराले जितेका छन् । उनले ५४ मिनेट १७ सेकेण्डमा पुरा गर्दै उपाधि जित्न सफल भएका हुन् । पोल्याण्डका खेलाडी डान म्याकटोसले ५४ मिनेट ३४ सेकेण्डमा पुरा गर्दै रजत पदकमा चित्त बुझाए । तेस्रो स्थानमा भने कोरियाका जी ह्वान किमले ५५ मिनेट ०२ सेकेण्डमा पुरा गर्दै कास्य पदकमा चित्त बुझाएका छन् ।

Pokhara-Asia Cup triatholan

साउथ एशियन ट्रायथलन च्याम्पियनसिप तर्फको उपाधि भने नेपाली खेलाडी बसन्त थारुले स्वर्ण पदक जिते । भारतीय खेलाडीको बर्चस्वलाई तोड्दै उनले एक घण्टा ०३ मिनेट ५८ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भए । भारतीय खेलाडी लोकेन्द्रकुमार वावुजी भने दोस्रो स्थानमा चित्त बुझाए । उनले एक घण्टा ०७मिनेट १३ सेकेण्डको समयमा पुरा गर्दै रजत पदक जिते । तेस्रो स्थानमा भने नेपाली खेलाडी नितेश मानन्धरले एक घण्टा ०८ मिनेट ३४ सेकेण्डको समय लगाएका थिए ।

महिला तर्फको प्रतिस्पर्धामा एक घण्टा ०२ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै कोरियन खेलाडी ए जिन पार्कले स्वर्ण पदक जितिन् । दोस्रो स्थानमा भने जापानकी कोनामी यासिओडाले १ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पुरा गर्दै रजत पदक प्राप्त गरिन् । त्यसैगरी जापानकै नाओमी ताकामिनेले १ घण्टा ४ मिनेट ५५ सेकेण्डको समयमा पुरा गर्दै कास्य पदक जित्न सफल भईन् । प्रतिस्पर्धामा पुरुष तर्फ २० र महिला तर्फ ९ जनाले सहभागिता जनाएका थिए ।