चेल्सी र टोटनह्यामले अर्को वर्ष च्याम्पियन्स लिग खेल्ने

- खेलाडी न्युज, पोखरा


     खेलाडी न्युज    
     वैशाख २३ गते २०७६ मा प्रकाशित


पोखरा(खेलाडी न्युज)-अर्को वर्षको च्याम्पियन्स लिगमा चेल्सी र टोटनह्यामले उपस्थिति जनाउने छन् । तेस्रो र चौथो स्थानमा रहँदै प्रिमियर लिग टुग्याउने सम्भावना छ । दुवैले अब लिगको अन्तिम खेल खेल्न बाँकी छ ।

शीर्ष दुइर्मा लिभरपुल र सिटीको निर्णय टुंगिदाँ चेल्सी र टोटनह्यामले अन्तिम प्रतिस्पर्धा बाँकी छ । यद्यपी यी दुवै क्लब च्याम्पियन्स लिगमा आफनो स्थान सुरक्षित बनाएका छन् । चेल्सी ७१ अंक छ । टोटनह्याम ७० अंक छ । त्यसभन्दा पछि आर्सनल छ । आर्सनल ६७ अंकमा छ । अन्तिम खेल बाँकी छ । अन्तिम खेल जितेपनि ७० अंक हुने छ । टोटनह्याम पराजित भएको अवस्थामा पनि आर्सनल गोल अन्तरमा पाँचौस्थानमै समेटिने छ ।

चौथो स्थानमा रहेको टोटनह्याम र आर्सनल बीच ८ गोलको अन्तर छ । निकै खराब लयबाटै प्रिमियर लिगको सिजन शुरु गरेको म्यानचेष्टर युनाईटेड पनि च्याम्पियन्स लिग अर्को खेल्ने सम्भावनाबाट टाढिसकेको छ । आर्सनल र युनाईटेड बीच १ अंकको फरक छ । पाँचौ र छैटौ स्थानको टुंगो भने अन्तिम खेलले टुग्याउने छ । युनाईटेडले हर्डल्स फिल्डसँग एक एक गोलको बराबरीमा टुंगिएपछि पाँचौस्थानमा उक्लिने सम्भावना टुट्यो ।

म्यानचेष्टर सिटी र लिभरपुलको अन्तिम खेलले प्रिमियर लिगको उपाधि टुंगो लाग्ने छ । अंकतालिका तालिकामा सिटी लिभरपुल भन्दा २ अंकले पछि छ । तर सिटीले मंगलबार राती लिसेष्टरसँग खेल्ने छ । त्यो खेलपछि दुवैको अन्तिम खेल बाँकी रहन्छ । लिभरपुलले ९४ अंकसहित शीर्षस्थानमा छ । सिटी भने ९२ अंकमा छ ।