
पोखरा(खेलाडी न्युज)-टोटनह्याम हट्सपरले पनि च्यापियन्स लिगमा फाईनल सुरक्षित बनाउदाँ अवे गोल निर्णायक रह्यो । पहिलो लेगमाा १ -० गोलले पराजित भएको हट्सस्परले दोस्रो लेगमा भने हट्सपरले ३-२ गोल अन्तरले नेदरल्याण्डकी क्लब अजाक्सलाई पराजित गर्दै फाईनल सुरक्षित बनाएका हो । अब च्याम्पियन्स लिगको उपाधिको लागि घरेलु क्लब लिभरपुलसँग प्रतिस्पर्धा गर्ने छ ।
दोस्रो लेगको समाप्तीसँगै दुवैको ३-३ गोलको समानता रह्यो । तर अवे गोलमा टोटनह्यामले फाईनलको ढोका खोल्यो । अजाक्स भने निरिह बन्दै उपाधि होडबाट बाहिरियो । टोटनह्याम दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गरेपछि नजिता अजाक्सको हातबाट फुत्किएकर हट्सपरसँग आईपुग्यो ।
पहिलो हाफमै दुई गोल खाएपछि टोटनह्याम बाहिरिने सम्भावना दर्शकले आँकलन गरिरहेका थिए । तर इग्लिस क्लबले अन्तिमसम्म खेलमा फर्किदै जित सुनिश्चित बनायाो । ९० प्लस ६ मिनेटमा गरेको गोलले च्याम्पियन्स लिगको फाईनलमा पुर्यायो । माटिस डी लाईटले खेलको ५ औं मिनेटमा गोल गर्दै अजाक्सको सम्भावनालाई बलियो बनाउन उद्दत रहे ।
दोस्रो गोल पनि अजाक्सले नै गर्यो । पहिलो हाफ हुनु भन्दा अघि नै ३५ औं मिनेटमा हकिम जायचले गरेको गोलले अग्रतालाई फराकिलो बनायो । पहिलो हाफमै दुई गोल खाएपछि टोटनह्यामलाई खेलमा फर्किन दुई गोल बराबरीको लागि र अर्को गोल पहिले लेगमा पराजित हुदाँको पीडा भुल्नको लागि खाँचो थियो ।
दोस्रो हाफ लगत्तै लुकास माउराले पहिलो गोल गर्दै अजाक्सको दबावलाई कम गरे । ५५ औं मिनेटमा उनले व्यक्तिगत पहिलो गोल गरे । उनकैले व्यक्तिगत दोस्रो गोल पनि ५९ औं मिनेटमा गरेपछि टोटनह्यामको समर्थकको आवाज बुलन्द हुदाँ अजाक्सका समर्थक भने शान्त रहे । खेल टुंगिने केही सेकेण्ड मात्रै बाँकी छँदा माउराले नै गोल गर्दै जित सुनिश्चित मात्रै गरेनन् उनले ह्याट्रिक पुरा गरे । उनैको ह्याट्रिकले टोटनह्यामले च्याम्पियन्स लिगको फाईनलको ढोका खोल्दा अजाक्सका खेलाडीले पुर्परोमा हात राख्दै अप्रत्यासित नजिता खेप्दै बाहिरिनुको विकल्प रहेन ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…