
पोखरा(खेलाडी न्युज)-तेस्रो पाथीभरा पुरुष भलिबल प्रतियोगिताबाट सेमिफाईनलिष्ट टोली गण्डकी प्रदेशले इलाममा भने उपाधि उचाल्दै यात्रालाई सुखद बनाएको छ ।
ईलाममा जारी प्रथम ईलाम आमन्त्रित खुल्ला पुरुष नकअउट भलिबलको उपाधि गण्डकी प्रदेशले विजेको हो । गण्डकी प्रदेशले ईन्डियान खेलाडी सम्मिलित विमान ट्रेडस बिर्तामोडलाइ २५-१७ २५-१३ र २५-२१ ले सोझो ३ सेटमा पराजित गरि उपाधि उचाल्यो ।
विजेता गण्डकी प्रदेशले १ लाख ५० हजारको पुरस्कार थाप्यो । गण्डकी प्रदेशको तर्फबाट सन्जु बिक्रम शह टिम कप्तान, राजन दर्लमी मगर,, रबि सेन्चुरी, सुजन चोखल, रुपिन्द्र गैह्रे, हरि पाण्डे, कमल सुनर, काजी केसी र युवराज भण्डारी थिए ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…