
file pic
पोखरा(खेलाडी न्युज)-मित्र राष्ट्र कोरियाको ग्वाङ्गजु सहरमा आयोजना हुने १८ औं फिना बिश्व पौडी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुको नेपाल पौडी संघले छनोट गरेको छ ।
नेपाल पौडी संघले बिज्ञप्ती जारी गरि बिश्व च्याम्पियनसिपमा सहभागी हुन जाने खेलाडीहरुको छनोट भएको जानकारी गराएको हो । उक्त च्याम्पियनसिपमा महिला तर्फ गौरिका सिंह र सोफिया गादेगाद शाह तथा पुरुष तर्फ शुभम श्रेष्ठ र एलेक्सजेन्डर गादेगाद शाहले सहभागिता जनाउने छन् । आठौं राष्ट्रिय खेलकुद अन्तरगत सम्पन्न २१ औ राष्ट्रिय पौडी च्याम्पियनसिपमा खेलाडीहरुले प्राप्त गरेको उत्कृष्ट समयका साथ फिना अंकलाई आधार मानि खेलाडी छनोट गरिएको पौडी संघले जनाएको छ ।
उक्त प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको समयलाई फिना अंकमा परिवर्तन गर्दा गौरिका सिंहले २०० मिटर फ्रिस्टायलमा २ मिनट ९.१९ सेकेन्ड समयका साथ ६२४ फिना अंक प्राप्त गर्न सफल भएकी थिईन् । यस्तै सोफियाले १०० मिटर फ्रिस्टायलमा १ मिनट २.५९ सेकेन्डका साथ ५१७ फिना अंक प्राप्त गर्दै बिश्व च्यामिपयनसिपका लागि छनोट हुन सफल भएकी हुन् । महिला तर्फ बैकल्पिक खेलाडीका रुपमा टिषा शाक्य रहेकी छिन् । शाक्यले १०० मिटर फ्रिस्टायलमा १ मिनट ३.५६ सेकेन्डका साथ ४९४ अंक प्राप्त गरेकी थिईन् । डुवाना लामाले ४०० मिटर फ्रिस्टायलमा ४ मिनट ५०.४७ सेकेन्डमा दूरी पार गर्दै ५२६ अंक प्राप्त गरेता पनि फिनाको नियमानुसार च्याम्पियनसिपमा सहभागी हुन १४ बर्ष पुरा हुनु पर्नेमा उनको उमेर १३ बर्ष ५ महिना १७ दिन मात्र भएकोले उमेरका आधारमा च्याम्पियनसिपमा सहभागी हुन नसकेको संघले जनाएको छ ।
यस्तै पुरुष तर्फ शुभमले १०० मिटर ब्रेष्ट स्ट्रोक्समा १ मिनट ८.१५ सेकेन्डमा साथ ५४३ फिना अंक र एलेक्सजेन्डरले १०० मिटर फ्रिस्टायलमा ५५.३८ सेकेन्डका साथ ५३४ फिना अंक हात पार्दै च्याम्पियनसिपका लागि छनोट भएका हुन् । बैकल्पिक खेलाडीको रुपमा रहेका शयद हम्जा शाहले १०० मिटर ब्रेष्ट स्ट्रोकमा १ मिनट ८.८७ सेकेन्डका साथ ५२६ अंक हात पारेका थिए ।
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भएको २१ औ राष्ट्रिय पौडी प्रतियोगितामा सेनाको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेकी गौरिका सिंहले ६ राष्ट्रिय किर्तिमानका साथै आफुले सहभागिता जनाएको सवै विधामा स्वर्ण हात पारेकी थिईन् ।


पोखरा- नयाँलिपि न्यूज डटकमको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ को सहयोगीमा हिमश्री फुड्स प्रालि सहयोगी भूमिकामा जोडिएको छ । हिमश्रीका निर्देशक प्रकाश केसीले मिडिया कपमा प्रालिको साथ रहने…
कास्की-चार मैत्रीपूर्ण टी—२० खेल्न पोखरा आईपुगेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पहिलो खेलमा गण्डकी प्रदेशको टोलीसँग ८ विकेटले पराजित भएको छ । पोखरा भ्रमणमा रहेको भुटानी राष्ट्रिय क्रिकेट टोली मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा टस हारेर १९.३ ओभरमा…